0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनएयरका दर्जनौँ उडान स्थगित, कारण छ अचम्मको

    कम्पनीले थप उडानहरू पनि रद्द हुन सक्ने सम्भावनालाई नकारेको छैन।

    .संक्षेपमा.


    • फिनएयरले आफ्ना आठ विमानको उडान रोक्यो।
    • कुल ४० वटा उडान रद्द हुँदा करिब ५,००० यात्रु प्रभावित।
    • सिट कभरको सफाइमा भएको त्रुटिले सुरक्षा जोखिम बढेको भन्दै उडान स्थगित।

    फिनल्यान्डको राष्ट्रिय ध्वजावाहक फिनएयरले सुरक्षा कारण देखाउँदै आफ्ना दर्जनौं उडानहरू रद्द गरेको छ, जसबाट करिब ५,००० यात्रु प्रभावित भएका छन्।

    कम्पनीले आफ्ना आठवटा एयरबस विमानहरूको सिट कभर गलत तरिकाले पानीले धोइएको र त्यसले अग्नि सुरक्षामा जोखिम बढाएको भन्दै उडानहरू रोकेको हो।

    फिनएयरका अनुसार उडान रद्द गरिएका विमानहरू घरेलु तथा युरोपेली उडानहरूमा प्रयोग हुँदै आएका थिए। सोमबार र मंगलबारका लागि तय गरिएका रोम, पेरिस र ब्रसेल्सलगायतका महत्त्वपूर्ण गन्तव्यका उडानहरू पनि रद्द भएका छन्।

    सोमबार र मंगलबारका लागि तय गरिएका रोम, पेरिस र ब्रसेल्सलगायतका महत्त्वपूर्ण गन्तव्यका उडानहरू पनि रद्द भएका छन्।

    कम्पनीले थप उडानहरू पनि रद्द हुन सक्ने सम्भावनालाई नकारेको छैन। “अहिलेको अवस्था कहिलेसम्म रहन्छ भनेर अनुमान गर्न गाह्रो छ,” फिनएयरका सञ्चार प्रबन्धक मारी कानेर्भाले भनेकी छन्।

    उडान रद्द भएपछि यात्रुहरूलाई वैकल्पिक उडानको व्यवस्था मिलाउन प्रयास भइरहेको छ, तर अटम बिदाको समय भएकाले यसमा चुनौती थपिएको कम्पनीले जनाएको छ।

    “यो दुर्भाग्यपूर्ण अवस्था हो, हामी क्षमाप्रार्थी छौं।” कानेर्भाले हेलसिन्की सानोमातलाई भनेकी छन्।

    सिट कभर बनाउने कम्पनीले पानीले धुँदा त्यसको अग्नि प्रतिरोधात्मक क्षमतामा असर पर्नेबारे जानकारी दिएपछि फिनएयरले तत्कालै ती विमानहरूको उडान रोकेको थियो।

    “हाम्रा लागि सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हो। हामी अब आवश्यक परीक्षण गरेर विमानहरूलाई छिट्टै सञ्चालनमा ल्याउने प्रयास गर्नेछौं।” कम्पनीले भनेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप