0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्की एयरपोर्टका सबै हड्ताल फिर्ता, हवाई सेवा सामान्य अवस्थामा फर्किने

    यो वर्षको सुरुदेखि नै हवाई यातायातमा असर पार्न थालेको हड्तालका कारण फिनएयरका १,२०० भन्दा बढी उडानहरू रद्द भएका थिए

    .संक्षेपमा.


    • एभिएसन युनियन (IAU) र रोजगारदाताबीच नयाँ सम्झौता, तय भएका सबै हड्ताल फिर्ता।
    • यस वर्ष २.५% र सन् २०२६ मा २.४% तलब वृद्धिको सहमति।
    • राष्ट्रिय ध्वजावाहक फिनएयरको प्रतिष्ठामा हड्तालले पार्यो नकारात्मक असर।

    फिनल्यान्डको उड्डयन क्षेत्रमा महिनौंदेखि जारी श्रम विवाद अन्ततः समाप्त भएको छ। फिनिस एभिएसन युनियन (IAU) र सेवा क्षेत्र रोजगारदाता संघ पाल्टा (Palta) बीच नयाँ सम्झौतामा सहमति जुटेपछि हड्ताल अन्त्य भएको हो। राष्ट्रिय मध्यस्थकर्ताले प्रस्तुत गरेको तेस्रो मध्यस्थता प्रस्तावलाई दुवै पक्षले शनिबार राति स्वीकार गरेपछि सम्झौता पक्का भएको हो।

    यो सम्झौतासँगै जुलाई १६ देखि २५ सम्मका लागि तय भएका सबै हड्तालका कार्यक्रमहरू रद्द भएका छन्। राष्ट्रिय ध्वजावाहक फिनएयर (Finnair) र अन्य प्रभावित हवाई सेवा प्रदायकहरूले तत्कालै आफ्ना सम्पूर्ण सेवाहरू सामान्य रूपमा पुनः सुरु गर्ने भएका छन्।

    फिनएयरले आफ्ना सबै उडानहरू अब बिना कुनै अवरोध पुनः सञ्चालन हुने पुष्टि गरेको छ।

    डेढ वर्ष अवधिको नयाँ सामूहिक सम्झौताअनुसार कर्मचारीहरूको तलब फिनल्याण्डको सामान्य श्रम मापदण्डअनुसार वृद्धि हुनेछ। यस वर्ष २.५ प्रतिशत र सन् २०२६ मा २.४ प्रतिशतले तलब बढ्नेछ। सम्झौतामा अन्य कुनै सर्तहरू परिवर्तन गरिएको छैन।

    “यो विवादले पुर्‍याएको क्षति र अवरोध निकै ठूलो थियो। हाम्रा सबै मागहरू पूरा नभए पनि, अहिले यो विवाद समाधान गर्नुमा हामीले महत्त्व देख्यौं।” पाल्टाकी श्रम बजार मामिला निर्देशक मिन्ना आरीले भनिन्।

    विमानको मर्मतसम्भार, क्याटरिङ र कार्गोजस्ता ग्राउन्ड सर्भिसमा कार्यरत कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियन IAU ले भने सामान्य मापदण्डभन्दा बढी तलब वृद्धिको माग गर्दै आएको थियो। उनीहरूले सन् २०२० मा कोरोना महामारीको संकटका बेला संघर्षरत उड्डयन उद्योगलाई सहयोग गर्न दुई वर्षसम्मको तलब वृद्धि त्यागेको तर्क अघि सारेका थिए।

    IAU का अध्यक्ष युहानी हापासारीले छोटो अवधिको सम्झौता पनि एक किसिमको सम्झौता भएको बताए। उनले अक्टोबरमा एक नयाँ कार्यदल गठन हुने जानकारी दिए। उक्त कार्यदलले विगतका लागत कटौतीका उपायहरूले तलब र रोजगारीको स्थिरतामा पारेको असरबारे विस्तृत अध्ययन गर्नेछ।

    यो वर्षको सुरुदेखि नै हवाई यातायातमा असर पार्न थालेको यस हड्तालका कारण फिनएयरका १,२०० भन्दा बढी उडानहरू रद्द भएका थिए। पाल्टाका अनुसार यसबाट करिब १ लाख यात्रु प्रभावित भएका थिए।

    फिनएयरले अब यात्रुहरूले आफ्नो पूर्वनिर्धारित योजनाअनुसार यात्रा गर्न सक्ने बताएको छ।

    फिनएयरले अब यात्रुहरूले आफ्नो पूर्वनिर्धारित योजनाअनुसार यात्रा गर्न सक्ने बताएको छ। एयरलाइन्सले आफ्नो प्रतिष्ठा पुनः प्राप्त गर्न केही समय लाग्न सक्ने स्वीकार गर्दै अवरोधका बीच यात्रुहरूले देखाएको धैर्यताको प्रशंसा गरेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप