0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    बेलायती पत्रिकाः यी हुन् हेलसिन्कीका उत्कृष्ट रेस्टुरेन्ट

    प्रतिष्ठित ब्रिटिस पत्रिका 'द गार्डियन' ले फिनल्यान्डको राजधानी हेलसिन्कीलाई नयाँ पुस्ताका शेफहरू र स्थानीय परिकारका लागि उदाउँदो 'ग्यास्ट्रोनोमिक हब'को रूपमा प्रस्तुत गरेको छ।

    .संक्षेपमा.


    • हेलसिन्कीका नोला, मुरू, र नोक्का जस्ता रेस्टुरेन्टहरू ‘द गार्डियन’को उत्कृष्ट सूचीमा समावेश।
    • रेन्डियर, एल्क र भालुको मासु जस्ता स्थानीय उत्पादन प्रयोगको प्रशंसा।
    • प्रकृतिसँगको गहिरो सम्बन्ध फिनिस रेस्टुरेन्टहरूमा पनि झल्किने कुरा उल्लेख।

    प्रतिष्ठित ब्रिटिस पत्रिका ‘द गार्डियन’ ले फिनल्यान्डको राजधानी हेलसिन्कीका रेस्टुरेन्ट तथा क्याफेहरूको प्रशंसा गर्दै एक विस्तृत फूड गाइड प्रकाशित गरेको छ। पत्रिकाले हेलसिन्कीको खाना संस्कृतिलाई ‘जङ्गली’ र ‘रोमाञ्चक’ भन्दै यहाँका केही उत्कृष्ट रेस्टुरेन्टहरूको सूची सार्वजनिक गरेको हो।

    ‘द गार्डियन’ को सूचीमा हेलसिन्कीका चर्चित रेस्टुरेन्टहरू नोल्ला (Nolla), मुरू (Muru), द रूम (The Room), नोक्का (Nokka), लोन्ना (Lonna) र बोना फाइड (Bona Fide) समावेश छन्। पत्रिकाका अनुसार यी रेस्टुरेन्टहरू विशेष गरी मध्यम वर्गीय मूल्य र किफायती ‘टेस्टिङ मेनु’ का लागि छानिएका हुन्।

    पत्रिकाले फिनल्यान्डमा वाइन भने महँगो भएको टिप्पणी गरेको छ।

    पत्रिकाको सूचीमा क्याफे रेगाटा (Café Regatta), सेन्ट्रल लाइब्रेरी ओडीको रेस्टुरेन्ट, र फिनल्यान्डिया हलको बिस्ट्रो तथा क्याफेलाई पनि स्थान दिइएको छ।

    पत्रिकाले फिनिस खानाको पहिचानबारे पनि चर्चा गरेको छ। रेन्डियर, एल्क, पाइक-पर्च, साल्मन सूप, हेरिङ, समुद्री झार र भालुको मासु जस्ता स्थानीय तथा जङ्गली उत्पादनहरूको प्रयोगले यहाँको खानालाई विशेष बनाएको पत्रिकाको भनाइ छ।

    फिनल्यान्डको प्रकृतिसँगको गहिरो सम्बन्ध यहाँका खानामा पनि झल्किने पत्रिकाले उल्लेख गरेको छ।

    ‘द गार्डियन’ ले हेलसिन्की अन्य नर्डिक शहरहरूको स्तरमा द्रुत गतिमा पुगिरहेको र यहाँका नयाँ पुस्ताका शेफहरूले स्थानीय स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएकोमा प्रशंसा गरेको छ।

    फिनल्यान्डको प्रकृतिसँगको गहिरो सम्बन्ध यहाँका खानामा पनि झल्किने कुरा पत्रिकाले उल्लेख गरेको छ।

    ‘द गार्डियन’ की फूड पत्रकार फिओना डनलपले ‘भिजिट फिनल्यान्ड’ र ‘हेलसिन्की पार्टनर्स’ को सहयोगमा हेलसिन्कीको भ्रमण गरेकी थिइन्।

    फिनल्यान्डको खाना संस्कृति र हेलसिन्कीका रेष्टुरेन्टबारे द गार्डियन पत्रिकामा प्रकाशित रिपोर्ट। फोटोः वेभ स्क्रिनसट

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप