समाचार हटाउन भद्रकालीले नेपालीलाइनेनलाई दिएको दबाब र धम्कीको नालीबेली

आवाज उठाउने आफ्नै ‘प्लेटफर्म’ भएको र प्रेस स्वतन्त्रता सूचकाङ्कमा विश्वकै उत्कृष्टमध्ये एक मानिएको फिनल्यान्डमा चलिरहेको मिडियालाई त उनीहरूले यो स्तरको व्यवहार देखाउँछन् भने २०-२२ नकटेका सोझा-साझा नेपाली विद्यार्थीहरूलाई उनीहरूले कस्तो व्यवहार गर्दा हुन्? कस्तो शैक्षिक परामर्श दिँदा हुन्?