फिनल्यान्डको स्थानीय निर्वाचनमा नेपाली मूलका तीन उम्मेदवार विजयी

फिनल्यान्डमा १३ अप्रिलमा सम्पन्न नगर निर्वाचनमा तीन नेपाली मूलका उम्मेदवारहरू विजयी भएका छन्। हेलसिंकीबाट कृष्ण रेग्मी, भान्ताबाट शेखर आचार्य र सेइनायोकीबाट ग्याविन रिजाल नगर परिषद् सदस्यमा निर्वाचित भएका हुन्।