काठमाडौँको भद्रकाली कन्सल्टेन्सी विरुद्ध गम्भीर आरोप, विद्यार्थीले हाले उजुरी

काठमाडौँको डिल्लीबजारस्थित उक्त कन्सल्टेन्सीले १५ विद्यार्थीलाई फिनल्यान्ड पठाउने भन्दै ठगी गरेको भन्दै विद्यार्थीले शिक्षा मन्त्री डा. महावीर पुन समक्ष सहयोगको याचना गर्दै उजुरी हालेका छन्। उक्त उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB), काठमान्डौँ स्थित फिनिस राजदूतावास, शैक्षिक परामर्शदाताहरूको छाता सङ्गठन ई-क्यान, र नेपालीलाइनेनलाई पठाइएको छ।