फिनल्यान्डबाट नेपालको बाढी केलाइरहेका अनुप, भन्छन्–पूर्व चेतावनी प्रणाली मुख्य चुनौती

“यो घटना नर्मल होइन,” श्रेष्ठ भन्छन्। “हिउँपहिरो खस्नु, त्यसले नदीमा ड्याम बनाउनु, र त्यो ड्याम फुट्नु, यी तीनवटै फरक-फरक प्रक्रिया हुन्।” समस्या यहीँनेर छ, उनी थप्छन्: नेपालको हालको पूर्वचेतावनी प्रणाली यी सबै प्रक्रियालाई एकसाथ जोडेर हेर्नका लागि डिजाइन नै भएको छैन।