प्रिय पाठक, नेपालीलाइनेनसँग जोडिनुहोस्।

नेपालीलाइनेनको पाठक बन्नुभएकोमा धेरै धन्यवाद! नेपालीलाइनेन केवल एक अनलाइन पत्रिका मात्र होइन यो हामी सबैको साझा चौतारी र हाम्रो आवाज मुखरित हुने डिजिटल थलो हो। अर्थात् नेपालीलाइनेन हाम्रो हो, हामी सबैको हो।

नेपाल र फिनल्यान्डका दुई फरक सन्दर्भ र संस्कृतिबिच पुलको रूपमा नेपालीलाइनेनले काम गर्ने प्रयत्न गरिरहेको छ। फिनल्यान्डमा नेपाली भाषा, संस्कृति र समुदायलाई जोगाउन र सशक्त बनाउने हाम्रो यात्रामा तपाईँको साथ, समर्थन र सहभागिता महत्त्वपूर्ण छ, आवश्यक छ।

नेपालीलाइनेनमा तपाईँले आफ्नै भाषामा फिनल्यान्डका समाचार, नेपाली समुदायका कथाहरू, अनुभवहरू, र प्रवासी जीवनका कटु यथार्थ र भोगाइहरू पढ्न र अरूसँग बाँड्न सक्नुहुन्छ। फिनल्यान्डमा नेपालीहरू बस्न थालेको करिब चालीस वर्षको इतिहासमा फिनल्यान्डमा बस्ने नेपालीहरूलाई यो अवसर पहिलोपटक प्राप्त भएको हो।

हामीले सुरु गरेको यो प्रयास सानो छ, तर उद्देश्य ठुलो छ। हामी चाहन्छौँ फिनल्यान्डमा बसोबास गर्ने हरेक नेपालीले आफूसँग सम्बन्धित समाचार, जानकारी र विचारहरू आफ्नै भाषामा पढ्न सकुन्। हामी चाहन्छौँ हाम्रा बालबालिकाले यहाँको जीवनसँग मेल खाने नेपाली सामग्री पढुन्। हामी चाहन्छौँ संसारको जुनसुकै कुनाबाट फिनल्यान्डका नेपालीको जीवन बुझ्न चाहनेले एउटा भरपर्दो माध्यम पाओस्।

तर यो उद्देश्यलाई पुरा गर्न र हाम्रो कामलाई टिकाइराख्न हामीलाई तपाईँको बलियो साथ चाहिन्छ। तपाईंजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा सम्भव छैन।

सक्नुहुन्छ भने मासिक १ कप कफि मूल्य बराबरको सहयोगी सदस्यता लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। केबल ४.९९ युरो प्रति महिनाको तपाईंको लगानी फिनल्यान्डमा नेपाली भाषाको पत्रकारिता जोगाउने कोशेढुंगा सावित हुन सक्छ। यो सदस्यता तपाईंको लागि मात्र होइन, तपाईंले प्रतिनिधित्व गर्ने पुस्ता र समुदायका लागि पनि हो। नेपालीलाइनेनका सहयोगी सदस्यका लागि प्रिमियम स्टोरिजप्रिमियम अडियोहरूप्रिमियम भिडियोहरू र इभेन्ट क्यालेन्डर लगायतका सामाग्रीमा पहुँच हुन्छ। 

तपाईं नेपालीलाइनेनमा लेख रचना पठाएर, समाचार वा जानकारी दिएर, विचारहरू सेअर गरेर वा केवल नियमित पाठक बनेर पनि ठूलो सहयोग गर्न सक्नुहुन्छ। हामीसँग विभिन्न सामाजिक संजालमा (फेसबुकइन्स्टाग्रामटिकटक, र लिकंडइन) जोडिएर पनि तपाईँ हाम्रो कामलाई सघाउन सक्नुहुन्छ।

यदि तपाईं पत्रकार, लेखक, अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी वा आफ्नो काम गरेर खाने साधारण व्यक्ति—आफ्ना अनुभवहरू नेपालीलाइनेन मार्फत् प्रस्तुत गर्न चाहनुहुन्छ भने तपाईंको लागि ढोका खुला छ। तपाईं हामीलाई आफ्ना विचार, समस्या, वा अनुभव लेखेर पठाउन सक्नुहुन्छ। हामी तपाईंको आवाजलाई नेपालीलाइनेनका पाठकसामु पुर्‍याउन चाहन्छौँ।

हामी तपाईंको सानो सहयोग र सहभागितालाई पनि ठूलो सम्मानका साथ ग्रहण गर्नेछौं। किनकि नेपालीलाइनेन तपाईंको हो—तपाईंको आवाज, तपाईंको भाषा र तपाईंको समुदायको प्रतिबिम्ब हो।

हामीसँग जोडिनुहोस्, हामीलाई साथ दिनुहोस्, र नेपालीलाइनेनलाई अझ बलियो बनाउन सहयोग गर्नुहोस्।

फिनल्यान्डमा बसोबास गर्ने ११,००० भन्दा बढी नेपालीको भाषा, संस्कृति र पहिचान जोगाउने हाम्रो साझा प्रयासमा जोडिनुभएकोमा हार्दिक धन्यवाद!