
फिनल्यान्डमा रहेका नेपालीमाझ पुग्न नेपालीलाइनेन जस्तो प्रभावकारी माध्यम अरू छैन।
नेपालीलाइनेन फिनल्यान्डमा सञ्चालित एकमात्र नेपालीभाषी अनलाइन पत्रिका/समाचार पोर्टल हो। यदि तपाईं नेपाली समुदायलाई लक्षित गरि व्यवसाय चलाइरहनु भएको छ वा फिनल्यान्डमा रहेका ११,००० भन्दा बढि नेपालीमाझ कुनै सन्देश पुर्याउन चाहानुहुन्छ भने त्यसको लागि सबैभन्दा प्रभावकारी माध्यम हामी हौं। तपाईंको व्यवसायले नेपाली ग्राहकहरूलाई लक्षित गर्छ भने नेपालीलाइनेनमा विज्ञापन गरेर आफ्नो ब्रान्डलाई बलियो बनाउन सक्नुहुन्छ। नेपालीलाइनेनमा विज्ञापन दिई यो अवसरको लाभ लिनुहोस्।
नेपालीलाइनेनमा विज्ञापन किन?
✅ फराकिलो पहुँच — फिनल्यान्डभरि रहेका हजारौं नेपालीहरू हाम्रा नियमित पाठक हुन्। हाम्रो पाठकवर्गमा विद्यार्थी, पेशाकर्मी, व्यवसायी, र सबै किसिमका नेपालीहरू सामेल छन्। यदि तपाईंको सेवा, व्यवसाय, वा उत्पादन नेपाली ग्राहकहरूका लागि उपयोगी छन् भने त्यसलाई सही व्यक्तिसम्म पुर्याउने उत्तम माध्यम नेपालीलाइनेन हो।
✅ उच्च विश्वसनीयता — हामी पत्रकारिताका उच्चतम मापदण्डहरू पालना गर्छौं, जसले गर्दा हाम्रा सामग्रीहरू विश्वसनीय, तथ्यपरक, र सटीक हुन्छन्। यही कारणले हामीलाई हजारौं पाठकले विश्वास गर्छन्, र तपाईंको विज्ञापन पनि सही ग्राहकहरूसम्म पुग्ने सुनिश्चित हुन्छ।
✅ भाषा र संस्कृति अनुसारको प्रस्तुती — तपाईंको विज्ञापन नेपाली भाषामा र नेपाली शैलीमा प्रस्तुत गर्न सक्नुहुन्छ।
✅ प्रभावकारी र लचिला विज्ञापन प्याकेजहरू — हामी बिभिन्न बजेट र आवश्यकताअनुसारका विज्ञापन प्याकेजहरू प्रदान गर्छौं। तपाईंले ब्यानर विज्ञापन, स्पोन्सर्ड लेख/व्यापार प्रोफाइल, सोसल मिडिया विज्ञापन, भिडियो विज्ञापन, वा यी सबै समावेश भएको विशेष प्रचार अभियान (special ad campaign) जस्ता सेवा रोज्न सक्नुहुन्छ। हाम्रो विज्ञापन सेवा लचिलो, प्रभावकारी, र ग्राहक केन्द्रित छ। छोटो वा लामो अवधिका र साना र ठूला दुवै प्रकृतिका विज्ञापन प्याकेजहरू हामीसंग छन्।
..विज्ञापन प्याकेजहरू.
१. ब्यानर विज्ञापन (Banner Ads)
- वेबसाइटको माथिल्लो भाग, किनारा वा लेखबीचमा देखिने ग्राफिकल विज्ञापन
- लोगो, प्रमुख सन्देश र सम्पर्क विवरण समावेश
- मुख्यतया आफ्नो ब्रान्ड वा सेवा परिचित गराउन चाहने व्यवसायका लागि उपयुक्त
२. स्पोन्सर्ड लेख / व्यवसाय प्रोफाइल (Sponsored Articles / Business Profile)
- व्यवसायको विस्तृत परिचय र सेवा/उत्पादनको विशेषता समेटिएको लेख
- व्यवसायको इतिहास, लक्ष्य, सुविधा, तस्बिर र ग्राहक प्रतिक्रिया समावेश
- नयाँ ग्राहक आकर्षण र ब्रान्ड छवि निर्माणका लागि प्रभावकारी
३. सामाजिक सञ्जाल विज्ञापन (Social Media Ads)
- फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा प्रसारण हुने संक्षिप्त सामग्री
- आकर्षक तस्बिर, भिडियो, शीर्षक र सोझो लिङ्क समावेश
- तत्काल ध्यानाकर्षण र ग्राहकसँग प्रत्यक्ष सम्वाद गर्न उपयुक्त
४. भिडियो विज्ञापन (Video Ads)
- दृश्य-श्रव्य माध्यमबाट सेवा वा उत्पादनको प्रस्तुति
- आकर्षक दृश्य, कथानक र संगीतको प्रयोग
- रेस्टुरेन्ट, पर्यटन र शैक्षिक संस्था जस्ता भावनात्मक सम्बन्ध बनाउन चाहने व्यवसायका लागि उपयुक्त
५. विशेष प्रचार अभियान (Special Ad Campaign)
- नयाँ उत्पादन लन्च वा ठूला प्रचार अभियानका लागि उपयुक्त
- सबै प्रकारका विज्ञापन माध्यमको एकीकृत प्रयोग
- समयबद्ध योजना र विभिन्न प्लेटफर्ममा समन्वयित प्रचार
विज्ञापनका लागि हामीलाई सम्पर्क गर्नुहोस्!
📩 इमेल: info (at) nepalilainen.fi
📞 फोन: +358 41 715 7816
🌐 वेबसाइट: https://nepalilainen.fi/advertise/


