नेपालीलाइनेनमा तपाईँलाई स्वागत छ!
यो वेबसाइट प्रयोग गरेर तपाईं नेपाली भाषामा फिनल्याण्डका बारेमा र फिनल्याण्डमा रहेका नेपाली समुदायसंग संबन्धित विभिन्न समाचार, लेख र जानकारीहरु प्राप्त गर्न सक्नुहुन्छ। तपाईं निर्वाध रुपमा तपाईँलाई चासो लाग्ने विषयहरू पढ्न, हेर्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ। अरूले पनि यस वेबसाइटबाट लाभ उठाऊन् भन्ने हामी चाहन्छौँ तर कृपया यसमा भएको कुनै पनि सामग्री अरू वेबसाइट वा एप्लिकेसनमा हाम्रो अनुमति बिना पुनरुत्पादन नगर्नुहोस्। तपाईँले पढेको वा हेरेको कुरा अरूसित पनि बाँड्न (सेअर गर्न) चाहनुहुन्छ भने तल दिइएका प्रयोगका सर्तहरूमा बताइएअनुसार हाम्रो वेबसाइटको ठेगाना प्रयोग गर्न सक्नुहुन्छ।
प्रतिलिपि अधिकार
2025 – नेपालीलाइनेन सर्वाधिकार सुरक्षित।
यो वेबसाइट प्रकाशन गर्ने तथा वेबसाइटमा कुनै पनि छाँटकाँट गर्ने काम नेपालीलाइनेन टिमले गर्छ। अन्यथा उल्लिखित नभए यस वेबसाइटमा भएका सम्पूर्ण लेख तथा अन्य सामाग्री नेपालीलाइनेनका बौद्धिक सम्पत्ति हुन्।
प्रयोगका सर्तहरू र वेबसाइट चलाउनको लागि अनुमति
यो वेबसाइट तपाईँले कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरा प्रयोगका सर्तहरूले निर्धारण गर्छ। यो वेबसाइट चलाउँदा तपाईँले यी ‘प्रयोगका सर्तहरू’ र ‘गोपनीयता नीति’-लाई पूर्ण रूपमा स्विकार्नुभएको हुनेछ। यदि तपाईँ यहाँ दिइएका प्रयोगका सर्तहरूसित अथवा प्रयोगका सर्तहरूको कुनै भागसित वा हाम्रो गोपनीयता नीतिसंग सहमत हुनुहुन्न भने यो वेबसाइट प्रयोग नगर्नुहोस्।
यो वेबसाइट प्रयोग गर्दा तपाईँले तल उल्लेख गरिएका निषेधित कुराहरूको अधीनमा रहेर निम्न कामहरू गर्न सक्नुहुन्छ:
-
यस वेबसाइटबाट व्यक्तिगत प्रयोगका लागि अथवा गैर-व्यापारिक प्रयोजनका लागि समाचार, लेख वा भिडियो पढ्न, हेर्न, डाउनलोड गर्न र छाप्न सक्नुहुन्छ।
-
यस वेबसाइटमा भएका डाउनलोड गर्न मिल्ने प्रकाशन, भिडियो अथवा श्रव्य सामाग्रीको इलेक्ट्रोनिक प्रति वा वेबसाइटको लिङ्क अरूसित बाँड्न (सेअर गर्न) सक्नुहुन्छ।
निम्न कुराहरू गर्न निषेध गरिएको छ:
-
यस वेबसाइटमा भएका समाचार, फोटो, अन्य इलेक्ट्रोनिक प्रकाशन, ट्रेडमार्क, सङ्गीत, तस्बिर, लेख अथवा भिडियो हुबहु कपि गरि अन्य वेबसाइटहरु, फाइल सेयरिङ साइट, भिडियो सेयरिङ साइटमा पोस्ट गर्न निषेध गरिएको छ।
-
यस वेबसाइटमा भएका तस्बिर, इलेक्ट्रोनिक प्रकाशन, ट्रेडमार्क, सङ्गीत, तस्बिर, भिडियो अथवा लेख सिधै वा कुनै सफ्टवेयर एप्लिकेसनको भागको रूपमा (कुनै सफ्टवेयर एप्लिकेसनको प्रयोगको लागि यस्ता सामाग्रीहरू सर्भरमा अपलोड गर्न समेत) निषेध गरिएको छ।
-
यस वेबसाइटमा भएका तस्बिर, इलेक्ट्रोनिक प्रकाशन, ट्रेडमार्क, सङ्गीत, तस्बिर, लेख अथवा भिडियो सामाग्री व्यापारिक प्रयोजनको लागि (मुनाफा नलिईकन समेत) पुनरुत्पादन गर्न, नक्कल गर्न, प्रतिलिपि बनाउन वा अरू कुनै तरिकामा दुरुपयोग गर्न निषेध गरिएको छ।
-
हाम्रो वेबसाइटमा भएका सामाग्रीहरू सङ्कलन गर्ने, कपी गर्ने, डाउनलोड गर्ने, एक्सट्र्याक्ट गर्ने, हारभेस्ट गर्ने अथवा डाटा, HTML, तस्बिर तथा चित्र स्क्र्याप गर्ने कुनै पनि सफ्टवेयर एप्लिकेसन, टुल वा प्रणाली वितरण गर्ने उद्देश्यले बनाउन निषेध गरिएको छ। (यस वेबसाइटको सार्वजनिक क्षेत्रमा भएका EPUB, PDF, MP3 र MP4 जस्ता इलोक्ट्रोनिक फाइलहरू डाउनलोड गर्न तयार पारिएका निशुल्क र गैर-व्यावसायिक एप्लिकेसनहरू वितरण गर्न निषेध गर्दैन।)
-
यो वेबसाइट अथवा यसका सेवाहरूको दुरुपयोग गर्न निषेध गरिएको छ। जस्तै: स्पष्ट उल्लिखित तरिकाबाहेक अन्य तरिकामा यो वेबसाइट र यसका सेवाहरू चलाउन वा त्यसमा बाधा पुऱ्याउन निषेध छ।
-
यस वेबसाइटलाई क्षति पुग्ने वा पुऱ्याउने, यसको प्रयोगमा वा यस वेबसाइटमा प्रवेश गर्न बाधा पुऱ्याउने वा पुऱ्याउन सक्ने तरिकामा यो वेबसाइट चलाउन निषेध गरिएको छ। साथै अवैध, गैर-कानुनी, जालसाजी वा हानिकारक तरिकामा अथवा अवैध, गैर-कानुनी, जालसाजी वा हानिकारक उद्देश्य वा कामको लागि यो वेबसाइट चलाउन निषेध छ।
-
कुनै पनि किसिमको व्यापारिक प्रयोजनको लागि यस वेबसाइटमा भएका चित्र, इलेक्ट्रोनिक प्रकाशन, ट्रेडमार्क, सङ्गीत, तस्बिर, लेख अथवा भिडियो प्रयोग गर्न निषेध गरिएको छ।
नेपालीलाइनेनका ग्राहकको विशेष सुविधा
यदि तपाईं निश्चित शुल्क तिरी नेपालीलाइनेनको ग्राहकको रुपमा यो वेबसाइट चलाउनुभएको छ भने तपाईंले विभिन्न विशेष सुविधाहरु पाउनुहुन्छ जुन यस वेबसाइटका अन्य आगन्तुकहरूले पाउँदैनन्। यदि हामीसँग तपाइँको निश्चित शुल्क तिरी बनाएको प्रयोगकर्ता खाता छ भने, तपाइँले उक्त खाता जे उद्देश्यका लागि बनाएको हो त्यसका लागि मात्र प्रयोग गर्नुपर्छ। अन्यथा गर्नाले तपाईंको खातामा केहि समयको प्रतिबन्ध वा खाता पूर्णतः निलम्बन पनि हुन सक्छ। उदाहरणका लागि एकजनाका लागि लिएको ग्राहक सदस्यता एकजना भन्दा धेरैले प्रयोग गर्न मिल्दैन।
नेपालीलाइनेनका सामाग्रीहरु जानकारीका लागि मात्र
यस वेबसाइटमा विभिन्न किसिमका जानकारीमूलक लेखहरु प्रकाशित हुने गर्छन्। समाचार र लेखहरुले विभिन्न सरकारी निकायहरुसंग सम्बन्धित, कानुनहरुसंग संबन्धित, वा मेडिकल वा स्वास्थ्य संबन्धित जानकारीहरु पनि दिने गर्दछन्। यसरी राखिएका विषयवस्तुहरू खाली जानकारीको लागि मात्र राखिएका हुन्। नेपालीलाइनेन व्यावसायिक रूपमा सरकारी सेवा सम्बन्धि, वा कानुन, शैक्षिक, रोजगारी वा स्वास्थ्यसम्बन्धी परामर्श दिने निकाय हैन।
माथि उल्लेखित वा नेपालीलाइनेनमा प्रकाशित कुनै पनि विषयमा प्रश्न छन् भने सिधै आधिकारिक निकायहरुसंग सम्पर्क गरि सल्लाह लिनुहोस्।
वारेन्टीको अस्वीकार र दायित्वको सीमा
यो वेबसाइट र यसमा भएका सबै जानकारी, सामाग्री र अन्य सेवाहरू नेपालीलाइनेन मार्फत “यथावत्” उपलब्ध गराइन्छ। नेपालीलाइनेनले सिधै वा अप्रत्यक्ष रूपमा कुनै किसिमको वाचा गर्दैन अथवा ग्यारेन्टी दिँदैन।
यो वेबसाइट भाइरसमुक्त छ वा यसमा अन्य कुनै किसिमको हानिकारक तत्वहरू छैन भनेर नेपालीलाइनेन ग्यारेन्टी दिँदैन। यस वेबसाइटमार्फत दिइएको कुनै सेवा वा यसमा उपलब्ध कुनै जानकारी, सामाग्री वा उपलब्ध अन्य सेवाबाट कुनै नोक्सानी भएमा नेपालीलाइनेन त्यसको लागि जिम्मेवार छैन, चाहे त्यो नोक्सानी प्रत्यक्ष, अप्रत्यक्ष, आकस्मिक, दण्ड पाउन लायकको वा अन्य परिणामस्वरूप (मुनाफाको नोक्सान समेत) होस्।
प्रयोगका सर्तहरूको उल्लङ्घन
प्रयोगका यी सर्तहरूअन्तर्गत अन्य अधिकारहरूलाई प्रतिकूल प्रभाव नपारी यदि तपाईँले जुनसुकै तरिकामा प्रयोगका सर्तहरूको उल्लङ्घन गर्नुभयो भने नेपालीलाइनेनले सोहीबमोजिम आफूलाई उचित लागेअनुसार कारबाही गर्न सक्छ। जस्तै: केही समयको लागि तपाईँलाई यो वेबसाइट चलाउन नदिने, तपाईंको युजर अकाउन्ट केहि समयका लागि वा सधैका लागि बन्द गरिदिने, तपाईँलाई सधैँका लागि यो वेबसाइट चलाउन निषेध गर्ने, तपाईँको आइपी ठेगाना प्रयोग गर्ने कम्प्युटरलाई यस वेबसाइटमा एक्सेस गर्न नदिन ब्लक गर्ने, तपाईँको इन्टरनेट सेवा प्रदायकलाई सम्पर्क गरी तपाईँलाई हाम्रो वेबसाइट प्रयोग गर्न निषेध गर्न आग्रह गर्ने र/अथवा तपाईँविरुद्ध कानुनी कारबाही अघि बढाउने।
संशोधन
नेपालीलाइनेनले समय-समयमा यी प्रयोगका सर्तहरू संशोधन गर्न सक्छ। संशोधित नियम तथा सर्तहरू यस वेबसाइटमा प्रकाशित गरिएको मितिदेखि नै लागू हुनेछ। त्यसैले यो पृष्ठ नियमित रूपमा पढ्नुहोस् र वेबसाइटको प्रयोगका सर्तहरूमा भएका परिवर्तनहरूबारे जानकारी राख्नुहोस्।
कानुन र क्षेत्राधिकार
यहाँ दिइएका वेबसाइटको प्रयोगसम्बन्धी नियम तथा सर्तहरू फिनल्याण्डको विद्यमान कानुनअनुसार अर्थ्याइने र लागू गरिनेछ। कुनै पनि विवाद उत्पन्न भएमा सोही कानुनको मान्यता सबैभन्दा माथि रहनेछ। वेबसाइटको प्रयोगसम्बन्धी नियम तथा सर्तहरूविरुद्ध कुनै कानुनी कारबाही अघि बढाउनु परेमा फिनल्याण्डको क्षेत्राधिकारमा पर्ने अदालत वा अन्य कानुनी निकाय कारबाही अघि बढाइनेछ।
पृथक्करण
यहाँ दिइएका प्रयोगका सर्तहरूमध्ये कुनै एउटालाई उस्तै क्षेत्राधिकार भएको कुनै अदालतले रद्द गरेमा अथवा अवैधानिक, लागू गर्न नसकिने वा गैर-कानुनी ठहर गरेमा अरू नियम तथा सर्तहरू भने लागू भइरहनेछ। नेपालीलाइनेनले यहाँ दिइएका प्रयोगका सर्तहरूमध्ये कुनै एउटालाई तत्काल लागू गर्न सकेन भने नेपालीलाइनेनले सो नियम वा सर्त लागू गर्न छोड्यो अथवा सो नियम वा सर्त लागू गर्ने नेपालीलाइनेनको अधिकार समाप्त भयो भन्ने अर्थ लाग्नेछैन।
समग्र सम्झौता
यहाँ दिइएका प्रयोगका सर्तहरूले यो वेबसाइट चलाउने सन्दर्भमा तपाईँ र नेपालीलाइनेनबीचको सम्झौतालाई पूर्णता दिन्छ र यो वेबसाइट चलाउने सन्दर्भमा पहिले भएका सम्पूर्ण सम्झौताहरूलाई रद्द गर्छ।
नेपालीलाइनेन
यी प्रयोगका सर्तहरू पछिल्लो पटक ०३ अप्रिल २०२५ मा अद्यावधिक गरिएको थियो।


