यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
फिनल्याण्डका धेरै पढिने पत्रिका र अनलाइनहरूले केहि समय अगाडी एउटा अलिक अनौठो लाग्दो समाचारलाई ठुलै प्राथमिकता दिए। समाचारमा भनिएको थियो: हेलसिंकी लगायत ठुला सहरका पसलहरूमा सामान किनेर पैसा नतिरी हिँड्ने प्रवृत्ति बढेको भन्दै केही पसलेहरूले सेल्फ-चेकआउट काउन्टरको प्रयोग घटाउने वा पूर्णतः बन्द गर्ने मनस्थितिमा पुगेका थिए।
उक्त समाचार अनलाइन फोरमहरूमा पनि धेरै पटक सेयर भएको देखियो भने त्यस विषयमा धेरै कोणबाट तर्क वितर्क पनि भए।
“मेरो विचारमा मानिसहरूले गरिबी वा सामाजिक सुरक्षामा कटौतीका कारणले खाना समेत किन्न नसक्ने अवस्थामा पुगे भने उनीहरूलाई खाना चोर्ने अधिकार छ।” एक व्यक्तिले हेलसिंकी सानोमातलाई पठाएको आफ्नो कमेन्टमा तर्क गर्छन्।
हेलसिन्की सानोमात पत्रिकाले पसलमा सामान चोर्ने वा धेरै सामान किनेर थोरैको मात्र पैसा तिरेर हिँड्नेहरुलाई गोपनीयताको ग्यारेन्टी सहित प्रश्नहरू सोधेको थियो। पत्रिकाका अनुसार निकै थोरैले मात्र पसलबाट सामान चोरेर हिँड्ने गरेको स्विकारे। यसरी स्विकार्नेमध्ये धेरैले आफू विद्यार्थी भएका कारण त्यसो गर्नु परेको तर्क गरे। एक जना विद्यार्थीलाई आफ्नो चोर्ने कामको यसरी प्रतिरक्षा गरे:
म विद्यार्थी हुँ र हो मैले कैलेकाँहि पसलबाट चोर्ने गरेको छु। म खानेकुरा बाहेक अरू कुरा कहिल्यै चोर्दिन र त्यो पनि कुनै विकल्प नभएपछि मात्र।आमाबाबु वा साथीहरूसँग खानेकुराको लागि पैसा सापटी माग्न मलाई लाज लाग्छ, त्यसैले यो गर्नु मेरो बाध्यता हो। मेरो विचारमा ठुला सुपर मार्केटबाट केही सानो कुरा चोर्नु थोरै मात्र नराम्रो हो।
कसरी हुन्छ पसलहरूबाट चोर्ने र ठग्ने काम?
हेलसिकीं सानोमात, इल्ता सानोमात लगायत पत्रिकाहरूले पसलहरूबाट कुनै कुनै ग्राहकले कसरी सामान चोर्छन् वा ठगेर लैजान्छन् भनेर पसलेहरूलाई पनि सोधेका थिए। पसलेहरूका अनुसार सेल्फ चेकआउट काउन्टरका माध्यमबाट सबैभन्दा धेरै चोरी वा ठगी हुने गरेको रहेछ।
महँगो सामान किनेर सस्तोको स्टिकर टाँस्ने, सेल्फ चेकआउटमा थोरै सामानको पैसा तिरी बाँकीको नतिर्ने, वा पैसै नतिरी बाहिर निस्कने ग्राहकहरू पनि रहेको पसलेहरूले माथि उल्लेखित पत्रिकालाई बताए। कसै कसैले त पाउरोटी, बेकरी उत्पादनहरू वा तयारी खानाहरू काउन्टर भन्दा अगाडि नै खाइदिने वा सामान तौलिसकेपछि फेरी झोलामा सामान थप्ने पनि गर्दा रहेछन्।
यसरी चोर्ने वा ठगी गर्ने कोहिकोहिले चाहिँ विद्रोहको रूपमा पनि गर्ने गरेको पाइयो।
यसरी चोर्ने वा ठगी गर्ने कोहिकोहिले चाहिँ विद्रोहको रूपमा पनि गर्ने गरेको पाइयो। जस्तो केहीले सेल्फ काउन्टर चेकआउटलाई पसलेको नाफा बढाउने लोभको नतिजाको रूपमा लिएको र त्यसको प्रत्युत्तरमा चोरेर ‘बदला’ लिएको जवाफ पनि दिए। एक जनाले त आफूले कहिलेकाहीँ झुक्किएर कुनै सामानलाई दुई पटक स्क्यान गरेर पसललाई बढी पैसा तिर्ने गरेको र त्यसको बदला स्वरूप कहिलेकाहीँ चोर्ने गरेको बताए।
३० वर्षे सामीको चोरी यात्रा
हेलसिंकी सानोमात को रिपोर्टिगंमा ३० वर्षे सामी (नाम परिवर्तन) को कथा छ जो पत्रिकाले गरेको सर्वेक्षणका उत्तरदाताहरू मध्ये एक हुन् र जसले नियमित रूपमा विभिन्न पसलहरूबाट चोरी गर्छन्। सामी भन्छन् उनी हरेक हप्ता जसो पसलबाट चोरी गर्छन् तर हरेक चोटी किनमेल गर्दा भने हैन।
“चोर्ने चाहिँ त्यही हो, डाइपर, बटरहरू, वा उदाहरणका लागि ओट ड्रिंक्स। बच्चासहितको परिवारलाई जे जे नभई हुन्न त्यही नै हो लिने।”
३० वर्षे सामीका दुई बच्चाहरू छन् जो प्रत्येक दुई हप्तामा एक हप्ता उनीसँगै हुन्छन्।
सामी काम पनि गर्छन् तर पारिवारिक अवस्थाका कारण काम धेरै जसो पार्ट टाइम वा छोटो अवधिको लागि मात्र हुने गर्छ।
“म यो सब बाध्यताका कारण गर्छु।” उनि भन्छन्। “मलाई चोर्ने दिनमा पसलमा जान समेत मन लाग्दैन।…र मलाई यसमा कुनै गर्व छैन। चोर्नुपर्दा मेरो मन अमिलो हुन्छ र यसले मेरो अन्तस्करणलाई समेत असर गर्छ।”
चोरी गर्नु पारिवारिक आर्थिक सङ्कट गुजार्ने आफ्नो बाध्यता बताउने सामीले आफ्नो आर्थिक अवस्था तुरुन्तै सुध्रिने छाँट भने देखेका छैनन्। हेलसिंकी नगरपालिकाको घरमा भाडामा बस्ने सामीलाई नगरपालिकाले घर भाडा बढाएपछि अर्को पिर थपिएको छ।
सामीका विचारमा सामाजिक सुरक्षा काटेर गर्ने भनिएको बचतले मान्छेको जीवनको गुणस्तरमा असर गर्ने र त्यसले चोरीजस्ता सामाजिक समस्यामा वृद्धि गर्नेछ।
मुख्य रूपमा सेल्फ सर्भिस क्यास काउन्टर मार्फत चोरी गर्ने सामी पक्राउ भने कहिल्यै परेका छैनन्। उनले चोर्ने पसलहरू पनि रेगुलर रूपमा परिवर्तन गर्ने गर्छन्।
“म व्यापारीहरूको बारेमा पनि सोच्छु, तर एकै समयमा म सरकार र उदाहरणका लागि, मेरो घर मालिक हेलसिंकि नगरपालिकाको बारेमा पनि सोच्छु। मलाई लाग्दैन कि कसैले स्वेच्छाले चोरी गर्छ। हामीले कुनै व्यक्तिको काम व्यक्तिगत तवरले मात्र भन्दा सामाजिक अवस्थाको दृष्टिकोणबाट (चोरीलाई) हेर्नुपर्छ,” सामी भन्छन्।
सामीका विचारमा सामाजिक सुरक्षा काटेर गर्ने भनिएको बचतले मान्छेको जीवनको गुणस्तरमा असर गर्ने र त्यसले चोरीजस्ता सामाजिक समस्यामा वृद्धि गर्नेछ। अरू मान्छेले थोरै आय हुनेहरूलाई कस्तो व्यवहार गर्छन् भन्ने कुराको पनि अर्थ रहने उनको विचार छ।








