0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको कोनालामा गोली लागेर बिते ३० वर्षे सङ्गीतकर्मी, हत्याको आशङ्कामा कैयौँ पक्राउ

    मंगलबार बिहान हेलसिन्कीको कोनालास्थित एक अपार्टमेन्टमा गोली चल्दा एक जनाको ज्यान गएको छ। घटनामा संलग्न भएको आशंकामा कैयौँ व्यक्ति पक्राउ परेका छन्।

    .संक्षेपमा.


    • गोली प्रहारबाट एकको मृत्यु र अर्का एक घाइते।
    • ठूलो आवाज र गुहार सुनेपछि छिमेकीले गरे प्रहरीलाई खबर।
    • घटनामा संलग्न भएको आशंकामा प्रहरीद्वारा कैयौँ व्यक्ति पक्राउ।

    हेलसिन्कीको कोनालामा रहेको एक अपार्टमेन्ट भवनमा मंगलबार बिहान गोली चल्दा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् भने प्रहरीले केही संदिग्धहरूलाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार मंगलबार बिहान ५ बजेभन्दा अघि अपार्टमेन्टमा दुई पटक गोली चलेको थियो। उक्त घटनालाई प्रहरीले हत्या र हत्या प्रयासको अभियोगमा अनुसन्धान अघि बढाएको छ।

    अपार्टमेन्टमा ठूलो आवाज आएपछि ब्युँझिएका एक छिमेकीले तुरुन्तै आपत्कालीन सेवा ११२ मा फोन गरेका थिए। उनले उक्त आवाज सुन्दा कोही गाडी लिएर ढोकामा ठोक्किए जस्तो लागेको हेलसिन्की सानोमातलाई बताएका छन्।

    आवाज लगत्तै उनले ‘बचाउ-बचाउ’ भन्दै गुहार मागेको सुनेका थिए। प्रहरी घटनास्थलमा खबर पाएको केही मिनेटमै पुगेको थियो।

    भवनको सिँढीबाट ठूलो तोडफोडको आवाज आएकाले प्रहरीले बल प्रयोग गरेर ढोका खोलेको अनुमान छिमेकीले गरेका छन्। प्रहरीले छोटो समयको पिछापछि घटनामा संलग्न भएको आशंकामा कैयौँलाई पक्राउ गरेको जनाएको छ।

    उक्त अपार्टमेन्टमा ३१ वर्षीय एक पुरुष भाडामा बस्दै आएको जानकारी प्राप्त भएको भन्दै स्थानीय फिनिस भाषाका मिडियाले लेखेका छन्। ती व्यक्ति संगीतकर्मी रहेको जनाइएको छ।

    उक्त अपार्टमेन्टमा ३१ वर्षीय एक पुरुष भाडामा बस्दै आएको जानकारी प्राप्त भएको भन्दै स्थानीय फिनिस भाषाका मिडियाले लेखेका छन्।

    पहिल्यै देखि थियो अशान्ति

    छिमेकीहरूले उक्त अपार्टमेन्टमा पहिलेदेखि नै अस्वाभाविक गतिविधि हुने गरेको हेलसिन्की सानोमातलाई दिएको प्रतिक्रियामा बताएका छन्। एक छिमेकीका अनुसार पहिले नै अपार्टमेन्टको ढोकाको फ्रेम भाँचिएको देखिएको थियो।

    केही महिनाअघि उक्त कोठाको ढोका केही दिनसम्म खुला नै छाडिएको थियो। साथै गत साता मात्रै ढोका अगाडि धेरै फोहोरहरू छरिएको अवस्थामा भेटिएको थियो।

    बुधबार बिहान अपार्टमेन्टको मुख्य ढोकामा प्रहरीले टेप लगाएर सिल गरेको र ढोका अगाडि देखिएका रगतका दागहरू सफा गरिएको स्थानीय मिडियाले लेखेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप