0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा गम्भीर अपराधको आशंकामा एक नेपाली पक्राउ

    अवैध रूपमा मानिसहरूलाई फिनल्यान्ड प्रवेश गराउन सहयोग गरेको गम्भीर आरोपमा फिनल्यान्डको काइनु क्षेत्रमा एक नेपालीलाई पक्राउ गरिएको छ।

    .संक्षेपमा.


    • अवैध आप्रवासनलाई संगठित रूपमा सघाएको गम्भीर अभियोग।
    • पक्राउ परेका व्यक्ति ४२ वर्षीय नेपाली भाषी पुरुष।
    • सीमा सुरक्षा बलद्वारा प्रारम्भिक चरणको अनुसन्धान जारी।

    फिनल्यान्डको काइनु जिल्ला अदालतले एक नेपाली पुरूषलाई गम्भीर अपराधको आशंकामा हिरासतमा राख्न आदेश दिएको छ। उनलाई अवैध रूपमा मानिसहरूलाई फिनल्यान्ड प्रवेश गर्न सहयोग गरेको गम्भीर आरोप लगाइएको छ।

    स्थानीय प्रहरीका अनुसार यो घटना सोटकामो क्षेत्रमा भएको हो। सन् २०२४ को सुरुदेखि यहि महिना अर्थात् अक्टोबर २०२५ सम्म मानिसहरूलाई अवैध रूपमा फिनल्यान्ड छिराउने अपराध भएको हुन सक्ने अनुमान गरिएको छ।

    फिनल्यान्डको सीमा सुरक्षा बलले यस विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ।

    अनुसन्धान प्रारम्भिक चरणमा नै रहेको सीमा सुरक्षा बलले जनाएको छ। उनीहरूले आफ्नै अनुसन्धानको क्रममा यो घटनाबारे जानकारी पाएका हुन्।

    पक्राउ पर्ने व्यक्ति ४२ वर्षीय नेपाली भाषी पुरुष भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    पक्राउ पर्ने व्यक्ति ४२ वर्षीय नेपाली भाषी पुरुष भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    यो घटनालाई गत सेप्टेम्बरमा बेरी टिप्ने नेपाली कामदारहरूको अवस्थाबारे गरिएको छानबिनसँग सम्बन्धित नरहेको अधिकारीहरूले स्पष्ट पारेका छन्।

    फिनिस कानुन अनुसार आवश्यक यात्रा कागजात, भिसा वा आवासीय अनुमति नभएका विदेशीलाई देश प्रवेश गराउनु वा फिनल्यान्ड हुँदै अन्य देश पठाउनु गैरकानुनी मानिन्छ। यदि यस प्रक्रियामा कसैलाई गम्भीर शारीरिक चोटपटक, रोग वा जीवन जोखिममा पार्ने काम भएमा वा यो संगठित आपराधिक समूहको हिस्सा भएमा यसलाई झनै गम्भीर अपराध मानिन्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप