0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डका जङ्गलमा च्याउ वा बेरी टिप्न जाँदै हुनुहुन्छ? अपनाउनुहोस् यी सावधानी

    समर मौसममा फिनल्यान्डका जङ्गलमा बेरी र च्याउ टिप्न जानेहरूको संख्या बढेसँगै फिनिस प्रहरीले हराउन वा अन्य आपतकालीन अवस्थाबाट बच्नका लागि व्यावहारिक सुझावहरू सार्वजनिक गरेको छ।

    फिनल्यान्डमा बेरी, च्याउ, र अन्य जङ्गली फलफूल टिप्ने समय उत्कर्षमा पुगेसँगै फिनिस प्रहरीले जङ्गल तथा प्राकृतिक क्षेत्रमा जानेहरूका लागि महत्त्वपूर्ण सुरक्षा सुझावहरू जारी गरेको छ। जङ्गल भ्रमण सुरक्षित रूपमा घरमै पुगेर अन्त्य होस् भन्ने सुनिश्चित गर्न प्रहरीले पर्याप्त तयारीको महत्त्वमा जोड दिएको छ।

    फिनल्यान्डका जङ्गलमा च्याउ, बेरी लगायतका फलफूलहरू स्वतन्त्र रूपमा टिप्न पाइन्छ। यसरी टिपेको उत्पादन व्यक्तिगत प्रयोजनका अलावा बेच्न पनि पाइन्छ। तर जङ्गलमा फोहोर छोड्ने, काँचा फलफूल टिप्ने, र रुखका हाँगाबिँगा भाँच्ने काम भने गर्नु हुँदैन।

    बेरी, च्याउ, र अन्य जङ्गली फलफूल टिप्न जाने सबैलाई प्रहरीले निम्न उपायहरू अपनाउन आग्रह गरेको छ:

    • पानी र खानेकुरा: विशेष गरी गर्मी मौसममा बाहिर जाँदा पर्याप्त पानी पिउनुहोस्। लामो यात्राका लागि खानेकुरा पनि साथमा राख्नुहोस्। पर्याप्त खाना र पानी खाएपछि ऊर्जा र मुड दुवै राम्रो रहन्छ।
    • जङ्गलमा साथीसँग जानुहोस्: सम्भव भएसम्म जङ्गल जाँदा साथीसँग जानुहोस्। बिरामी परे वा कुनै चोटपटक लागे साथीले मद्दत गर्न वा उद्धारका लागि खबर गर्न सक्छन्।
    • अरूलाई जानकारी दिनुहोस्: यदि एक्लै जाँदै हुनुहुन्छ भने तपाईं कहाँ जाँदै हुनुहुन्छ र कहिले फर्कनुहुन्छ भन्नेबारे आफ्नो परिवार वा साथीलाई सधैँ जानकारी दिनुहोस्।
    • उज्यालो कपडा लगाएर जानुहोस्: जङ्गलको रङभन्दा फरक र चम्किलो देखिने कपडा लगाउनुहोस्। हराएको अवस्थामा तपाईंलाई फेला पार्न सजिलो हुनेछ। उज्यालो समयमा मात्र जङ्गलमा हिँडडुल गर्नुहोस्। रातीमा जङ्गल छिर्ने काम नगर्नुहोस्।
    • बाटोको चिनारी: हिँड्दा बाटोमा आउने ढुङ्गा, ठुटा जस्ता विशेष चिन्हहरू याद गर्ने बानी बसाल्नुहोस्।
    • फोन र पावर बैंक: आफ्नो मोबाइल फोनको ब्याट्री पूर्ण चार्ज गर्नुहोस्। आवश्यकता अनुसार अतिरिक्त पावर बैंक पनि साथमा लैजानुहोस्।
    • ११२-एप (112-app) डाउनलोड गर्नुहोस्: यदि तपाईंसँग स्मार्टफोन छ भने त्यसमा ‘११२-एप’ डाउनलोड गर्न नविर्सिनुहोस्। यो एपले हराएको व्यक्तिको स्थान पत्ता लगाउन मद्दत गर्छ। हराएको खण्डमा उद्धार छिटो हुन्छ। यो एप बिना उद्धार टोलीले तपाईंको सामान्य क्षेत्र मात्र थाहा पाउँछ जुन किलोमिटर फराकिलो हुन सक्छ।
    • ब्याट्री बचत: आपतकालीन कलका लागि फोनको ब्याट्री बचत गर्नुहोस्।

    हराएको अवस्थामा के गर्ने:

    • यदि तपाईंलाई हराएको महसुस भयो भने पनि नआत्तिनुहोस्। सबैभन्दा अग्लो र खुला ठाउँमा जानुहोस्, जहाँबाट तपाईंलाई आकाशबाट पनि सजिलै देख्न सकिन्छ। गाडीको आवाज वा अन्य मानव निर्मित संकेतहरू सुन्ने प्रयास गर्नुहोस्।
    • सबै तयारीका बाबजुद पनि हराउनुभयो भने आपतकालीन केन्द्रको नम्बर ११२ मा फोन गर्नुहोस् र उनीहरूले दिएको निर्देशनअनुसार गर्नुहोस्।
    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप