0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    लेबलिङमा लापरबाहीः हेलसिन्कीको टर्किस पसललाई २० हजार युरो जरिवानाको जोखिम

    हेलसिन्कीको इताकेस्कुसमा रहेको अलान्या मार्केट नामको टर्किस पसललाई खानेकुराको प्याकेटमा फिनिस र स्विडिस भाषामा विवरण नराखेको भन्दै नगरपालिकाले उक्त जरिवानाको चेतावनी दिएको हो।

    संक्षेपमा


    • प्याकेटमा फिनिस र स्विडिस भाषा नभएकोमा जरिवानाको चेतावनी।
    • अप्रिलको सुरुसम्ममा विवरण सच्याउनुपर्ने नगरपालिकाको आदेश
    • १० हजारभन्दा बढी सामानको विवरण अनुवाद गर्नुपर्ने।

    हेलसिन्कीको इतिस सपिङ सेन्टरमा रहेको अलान्या मार्केटलाई २० हजार युरोको जरिवाना-चेतावनी तोकिएको छ। पसलका दर्जनौँ खाद्य पदार्थहरूमा फिनिस र स्विडिस भाषामा प्याकेजिङ विवरण नभएका कारण यस्तो चेतावनी दिइएको हो।

    पसलका सञ्चालकका अनुसार पसलमा १० हजारभन्दा बढी प्रकारका सामानहरू रहेका कारण लेबलिङमा समय लागेको हो।

    फिनल्यान्डमा खासगरि विदेशी मूलका पसलमा फूड लेबलिङ्गको अवस्था नाजुक रहेको समाचार गतवर्ष पनि आएको थियो।

    सञ्चालकले दुई जना कर्मचारीले अनुवादको काम गरिरहेको स्थानीय मिडियालाई दिएको प्रतिक्रियमा बताएका छन्।

    “कारखानाबाटै विवरण लेखिएर आउँदैन, हामीले आफैँ फिनिस भाषामा अनुवाद गर्नुपर्छ,” उनी भन्छन्।

    यो जरिवानाको चेतावनी हेलसिन्की सहरको वातावरण तथा अनुमति शाखाले दिएको हो।

    गत अक्टोबर २३ मा नै सहरको खाद्य सुरक्षा एकाइले विवरण सच्याउन आदेश दिएको थियो। तर डिसेम्बर ४ मा गरिएको अनुगमनमा दर्जनौँ सामानमा इयु नियम अनुसारको विवरण नभएको पाइएको थियो।

    नियम अनुसार खुद्रा बिक्री हुने हरेक सामानमा वा त्यसमा टाँसिने लेबलमा विवरण हुनुपर्छ।

    २ हजार वर्ग मिटरभन्दा ठूलो पसल भएकाले सबै सामान जाँच्न भने अधिकारीहरूका लागि सम्भव थिएन।

    जरिवाना तिर्नबाट बच्न पसलले अप्रिल महिनाको सुरुसम्ममा यो आदेशको पालना गरिसक्नु पर्नेछ।

    अलान्या मार्केट फिनल्यान्डको चर्चित टर्किस पसल हो। यसका शाखाहरू एस्पो, ताम्पेरे, तुर्कु र लाह्तीमा पनि रहेका छन्। इताकेस्कुसको इतिसमा उक्त पसल सन् २०२३ मा खोलिएको हो।

    फिनल्यान्डमा खाद्य सुरक्षा र उपभोक्ता अधिकारलाई निकै कडा रूपमा लिइन्छ। युरोपेली युनियन र फिनल्यान्डको कानुन अनुसार, यहाँ बिक्री हुने हरेक खाद्य पदार्थको प्याकेटमा देशका आधिकारिक भाषाहरू (फिनिस र स्विडिस) मा सामग्री र एलर्जी गराउने तत्त्वहरूको बारेमा जानकारी हुनैपर्छ।

    विदेशी सामानहरू सीधै आयात गरेर बेच्ने पसलहरूले ती सामानहरूमा स्थानीय भाषाको लेबल आफैँ टाँस्नुपर्ने कानुनी दायित्व हुन्छ। नियमको पालना नभएमा सहरका अधिकारीहरूले यस्तै प्रकारका ठूला जरिवानाहरू तोक्ने गर्दछन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप