0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको समुद्रबाट निकालियो शव, मृतक केही दिनदेखि हराइरहेका ३० वर्षे पुरुष

    प्रहरीले आइतबार दिउँसो समुद्रबाट निकालिएको शव नोभेम्बरको सुरुदेखि हराइरहेका ३० वर्षीय पुरुषको भएको पुष्टि गरेको छ।

    .संक्षेपमा.


    • हेलसिन्कीको कालासातामास्थित समुद्रबाट शव निकालियो।
    • मृतकको साथमा भेटिएको परिचयपत्रबाट पहिचान खुल्यो।
    • घटनामा कुनै आपराधिक संलग्नताको आशंका नरहेको प्रहरीको भनाई।

    हेलसिन्कीको कालासातामा क्षेत्रको समुद्रमा आइतबार दिउँसो एक शव फेला परेको छ। प्रहरीले उक्त शव लामो समयदेखि खोजी गरिएका बेपत्ता व्यक्तिकै भएको पुष्टि गरेको छ।

    पश्चिमी उसिमा प्रहरीका अनुसन्धान प्रमुख रोबिन हुल्देनका अनुसार मृतकको साथमा परिचयपत्र फेला परेको थियो। सोही आधारमा उक्त शव प्रहरीले खोजिरहेको व्यक्तिकै भएको निश्चित भएको हो।

    प्रहरीले यसअघि नोभेम्बर ६ र १९ मा सूचना जारी गर्दै सर्वसाधारणसँग खोजीका लागि सहयोग मागेको थियो। त्यतिबेला प्रहरीले एस्पोमा बस्ने ३० वर्षीय पुरुष हराएको जानकारी दिएको थियो।

    ती व्यक्तिलाई अन्तिम पटक नोभेम्बर २ आइतबार बिहान सबेरै हेलसिन्कीको कालासातामामा देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन थिए।

    प्रहरीले व्यक्तिको बेपत्ता वा मृत्युमा कुनै अपराध जोडिएको आशंका गरेको छैन।

    प्रहरीले व्यक्तिको बेपत्ता वा मृत्युमा कुनै अपराध जोडिएको आशंका गरेको छैन। प्रहरीले अब यसलाई मृत्युको कारण पत्ता लगाउने अनुसन्धानको रूपमा अगाडि बढाउनेछ।

    प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा हेलसिन्की प्रहरी र उद्धार टोली खटिएका थिए। सर्वसाधारणलाई शव निकालिएको स्थान नजिक जान रोक लगाइएको थियो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप