0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको मुहोसमा एक बालक मृत अवस्थामा भेटिए, प्रहरी अनुसन्धान जारी

    कुनै आपराधिक संलग्नता नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष।

    .संक्षेपमा.


    • औलु सहर नजिकैकप मुहोसमा एक स्कूले उमेर भन्दा कम उमेरका बालक मृत फेला परे।
    • प्रहरीले घटनामा कुनै आपराधिक संलग्नता नभएको जनाएको छ।
    • मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी।

    मुहोस, फिनल्यान्ड – उत्तरी पोहयोनमाको मुहोसमा बुधबार एक स्कूले उमेर भन्दा कम उमेरका बालक आफ्नो घर नजिकैको छिमेकीको पोखरीमा मृत अवस्थामा फेला परेका छन्।

    औलु प्रहरीले जारी गरेको विज्ञप्तिमा बालकलाई घटनास्थलमै उद्धारको प्रयास गरिए पनि बचाउन नसकिएको उल्लेख गरिएको छ।

    प्रहरीका अनुसार बालकलाई आफ्नो घर नजिकैको छिमेकीको घर कम्पाउन्डमा रहेको पोखरीमा अचेत अवस्थामा भेटिएको थियो। घटनास्थलमा गरिएको सबै प्राथमिक उपचारका प्रयासहरू असफल भएपछि बालकको मृत्यु भएको पुष्टि गरिएको हो।

    प्रहरीले यो घटनामा कुनै आपराधिक संलग्नता नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको छ।

    औलु प्रहरीका सञ्चार प्रमुख तेरो भ्याइरिनेनले घटनाको संवेदनशीलता र अनुसन्धानको प्रकृतिलाई ध्यानमा राख्दै थप जानकारी सार्वजनिक नगर्ने बताएका छन्। फिनिस कानुन अनुसार मृत्युको कारण पत्ता लगाउने अनुसन्धानसँग सम्बन्धित विवरणहरू गोप्य राख्नुपर्ने प्रावधान छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप