0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा बेरी टिप्नेको शोषण बारे आयो फैसलाः सीइओ जेल चलान, लाखौं युरो जरिवाना

    कामदारहरू फिनल्यान्ड आइपुग्नुअघि नै कम्पनीको ऋणमा डुबेका थिए। उनीहरूलाई हवाई टिकट, भिसा र खानाको लागि वास्तविकभन्दा धेरै शुल्क असुलिएको थियो।

    .संक्षेपमा.


    • बेरी कम्पनी कियान्तामाका सीईओलाई साढे ३ वर्ष जेल सजाय।
    • थाई संयोजकलाई ३ वर्ष जेल, पीडितहरूलाई लाखौं युरो क्षतिपूर्ति तिर्नुपर्ने।
    • फैसला जिल्ला अदालतका तीन न्यायाधीशको इजलासले गरेको हो।

    फिनल्यान्डको ल्यापल्यान्ड जिल्ला अदालतले बेरी कम्पनीका दुईजना उच्च अधिकारीलाई गम्भीर मानव बेचबिखनको मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ।

    अदालतले बेरी कम्पनी ‘कियान्तामा’ (Kiantama) का सीईओ भेर्नु भासुन्तालाई साढे ३ वर्षको र कम्पनीकी थाई संयोजक काल्याकोर्न फोङ्फिटलाई ३ वर्षको जेल सजाय सुनाएको हो।

    सन् २०२२ मा थाईल्यान्डबाट बेरी टिप्न आएका कामदारहरूको चरम शोषण भए पछि उनीहरूविरूद्ध मुद्दा चलेको थियो।

    अदालतको फैसलामा जनाइए अनुसार कामदारहरू फिनल्यान्ड आइपुग्नुअघि नै कम्पनीको ऋणमा डुबेका थिए। उनीहरूलाई हवाई टिकट, भिसा र खानाको लागि वास्तविकभन्दा धेरै शुल्क असुलिएको थियो।

    अदालतले भासुन्ता र फोङ्फिटलाई पीडित कामदारहरूलाई भएको आर्थिक नोक्सानी र पीडाबापत ६ लाख युरोभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

    साथै दुवैले संयुक्त रूपमा पीडितहरूलाई थप २ लाख ७९ हजार युरो र प्रमाण संकलनमा लागेको ३० हजार युरो राज्यलाई तिर्नुपर्नेछ।

    अदालतले दोषीलाई ६ लाख युरोभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

    कम्पनी ‘कियान्तामा’ लाई पनि १ लाख युरो जरिवाना तोकिएको छ। भासुन्तालाई उनको सैन्य पदबाट समेत हटाइएको छ भने दुवै प्रतिवादीले आफ्नो प्रतिरक्षामा लागेको कानुनी शुल्क पनि तिर्नुपर्नेछ।

    यो फैसला जिल्ला अदालतका तीन न्यायाधीशको इजलासले गरेको हो। यद्यपि यो फैसला अन्तिम भने होइन। प्रतिवादीहरूले यस विरुद्ध पुनरावेदन गर्न सक्नेछन्। सीईओ भासुन्ताका वकिलले फैसलाविरुद्ध पुनरावेदन गर्ने सम्भावना रहेको बताएका छन्।

    फिनल्यान्डमा हरेक वर्ष विभिन्न देशबाट हजारौं मौसमी कामदारहरू बेरी टिप्न आउने गर्दछन्। पछिल्लो समय नेपालबाट समेत मौसमी कामदारको रूपमा बेरी टिप्न आउने चलन बढेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप