0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको पासपोर्ट वरीयतामा गिरावट, पुग्यो दुई दशक यताकै कमजोर अवस्थामा

    दुई दशकयताकै कमजोर अवस्थामा फिनल्यान्डको राहदानी, सिंगापुर सबैभन्दा शक्तिशाली, नेपाल १०१ औं स्थानमा।

    .संक्षेपमा.


    • सन् २०२५ मा फिनल्यान्डको पासपोर्ट विश्वको पाँचौँ शक्तिशाली।
    • सिंगापुरको पासपोर्ट पहिलो स्थानमा।
    • नेपालको पासपोर्ट १०१ औं स्थानमा, नेपालपछि सोमालिया र पाकिस्तान।

    विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा पटक-पटक शीर्ष स्थानमा रहेको फिनल्यान्डको राहदानीको वरीयतामा स्पष्ट गिरावट देखिएको छ। सन् २०२५ को हेन्ली पासपोर्ट सूचकाङ्क अनुसार फिनल्यान्ड पाँचौँ स्थानमा झरेको छ, जुन विगत दुई दशकयताकै कमजोर प्रदर्शन हो।

    पछिल्लो प्रतिवेदनअनुसार फिनल्यान्डको पासपोर्टबाट १८७ देशमा भिसा बिना यात्रा गर्न सकिन्छ। यो वर्षको सुरूमा फिनल्यान्डको पासपोर्टबाट १८९ देशमा भिसा बिना यात्रा गर्न सकिन्थ्यो र वरीयतामा यो विश्वकै तेस्रो शक्तिशाली थियो।

    कुनै समय विश्वकै शक्तिशाली राहदानीको पहिलो नम्बरमा रहेको फिनल्यान्ड सन् २००६ देखि २०१४ सम्म धेरै वर्ष पहिलो वा दोस्रो स्थानमा थियो। तर, त्यसयता यसको वरीयतामा उतारचढाव आइरहेको छ।

    विगतमा पटक-पटक पहिलो स्थानमा पुगेको फिनिस पासपोर्टको वरियता अहिले घटेर पाँचौमा पुगेको छ। स्रोतः हेन्ली पासपोर्ट इन्डेक्स

    फिनल्यान्डको पासपोर्टबाट १८७ देशमा भिसा बिना यात्रा गर्न सकिन्छ।

    को छ शीर्ष स्थानमा?

    हेन्ली पासपोर्ट सूचकांक २०२५ को पछिल्लो अपडेट अनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले १९३ देशमा भिसा बिना नै यात्रा गर्न पाउँछन्।

    त्यसैगरी, दक्षिण कोरिया दोस्रो स्थानमा छ भने जापान तेस्रोमा छ। दक्षिण कोरियाका नागरिकले १९० र जापानका नागरिकले १८९ मुलुकमा भिसा बिना यात्रा गर्न पाउँछन्।

    धेरै नेपालीहरू बसोबास गर्ने अस्ट्रेलिया सातौँ, बेलायत आठौँ, क्यानडा नवौँ, र अमेरिका बाह्रौँ स्थानमा छन्। अमेरिकी र बेलायती पासपोर्ट वरियतामा पनि निरन्तर गिरावट देखिएको छ।

    नेपालको अवस्था कमजोर

    विश्वव्यापी वरीयतामा नेपालको पासपोर्ट भने निकै कमजोर अवस्थामा रहेको छ। १०१ औं स्थानमा रहेको नेपालको पासपोर्टबाट केवल ३६ देशमा मात्र भिसा बिना वा ‘अन-अराइभल’ भिसामा यात्रा गर्न सकिन्छ।

    यसले नेपाली नागरिकहरूका लागि विश्वव्यापी यात्रामा कठिनाइ रहेको देखाउँछ। सूचकांकको सबैभन्दा अन्तिममा अफगानिस्तान रहेको छ, जसको पासपोर्टबाट केवल २४ देशमा मात्र भिसा-रहित पहुँच छ।

    भारतीय पासपोर्टको वरियता सुधार भएर ७७औं स्थानमा पुगेको छ। सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा भारतले ८ स्थान सुधार गर्दा नेपाल यथास्थितिमा रहेको हो । भारतीय पासपोर्ट बोक्नेले ५९ देशमा अनअराइभल भिसा पाउँछन्।

    नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् । 

    हेन्ली पासपोर्ट सूचकांकले अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (IATA) को तथ्याङ्कमा आधारित रहेर विश्वका विभिन्न देशका पासपोर्टहरूको वरीयता निर्धारण गर्दछ। यो सूचकांकले कुनै पनि देशको पासपोर्ट धारकले कति देशमा भिसा बिना यात्रा गर्न सक्छ भन्ने आधारमा देशहरूको वर्गिकरण गर्दछ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप