0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    २५ वर्ष नेपाली मुटुरोगीको सेवा गरेका डाक्टर अमेरिका पलायन, भन्छन् ‘मन अमिलो भो’

    गंगालालका वरिष्ठ मुटु सर्जन डा. रामेश कोइरालाले दिए राजीनामा, पुगे अमेरिका।

    .संक्षेपमा.


    • वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट राजीनामा दिए।
    • सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राजीनामा दिएको सार्वजनिक गरे।
    • उनी सामाजिक संजालमा पनि निकै सक्रिय थिए/छन्।

    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले आफ्नो पदबाट राजीनामा दिएका छन्। केन्द्रमा २५ वर्ष लामो सेवा अवधि पूरा गरेका डा. कोइरालाले हाल आफू विदेशमा रहेको अवस्थामा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राजीनामाको घोषणा गरेका हुन्।

    उनले बुधबार ‘एक्स’ मा एक पोस्ट गर्दै व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको जनाएका छन्। उनको राजीनामा आगामी असोज ३० गते (१६ अक्टोबर २०२५) देखि लागू हुनेछ। हाल अमेरिकामा रहेका डा. कोइरालाले केन्द्रका कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखेको राजीनामा पत्र पनि सार्वजनिक गरेका छन्।

    “हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,” उनले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्।

    डा. कोइरालाले आफ्नो सामाजिक सञ्जाल पोस्टमा देश र पेशा छाड्नुपर्दा मन अमिलो भए पनि फरक भूमिकामा फर्किने सोच रहेको बताएका छन्।

    उनले आफू कार्यरत नरहे पनि केन्द्रको प्रगति र यसलाई ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’ का रूपमा विस्तार गर्ने सपनामा आफ्नो साथ रहने विश्वास दिलाएका छन्।

    केन्द्रमा बिताएको २५ वर्ष र त्यहाँको सद्भाव सधैँ स्मरणीय रहने उनले बताएका छन्।

    “एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ।”

    डा. रामेश कोइराला

    कोइराला सामाजिक सञ्जालमा सक्रिय छन् र विभिन्न सामाजिक र राजनैतिक विषयहरूमा खरो टिप्पणी गर्ने गरेका छन्। उनी मङ्गलवार बिहान अमेरिका पुगेको भन्दै नेपाली सञ्चार माध्यमले समाचार लेखेका छन्। 

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप