0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा बिजुलीको मूल्य ऋणात्मक, बिजुली  प्रयोग गरेबापत उल्टै पैसा पाइने!

    फिनल्यान्डमा शनिबार बिजुलीको मूल्य शून्यभन्दा तल झर्दा उपभोक्तालाई अप्रत्याशित लाभ हुनेछ।

    .संक्षेपमा.


    • शनिबार बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म बिजुलीको मूल्य ऋणात्मक।
    • सबैभन्दा सस्तो बिजुली दिउँसो ३ देखि ४ बजेको बीचमा।
    • उपभोक्ताले प्रसारण शुल्कको आधासम्म फिर्ता पाउने।

    फिनल्यान्डमा शनिवार स्पट बजारमा बिजुलीको मूल्यमा भारी गिरावट आउने भएको छ। शनिवार दिउँसो बिजुलीको मूल्य शून्यभन्दा पनि तल अर्थात् ऋणात्मक हुनेछ। यसले उपभोक्ताहरूका लागि एक अनौठो अवसर सिर्जना गरेको छ। ऋणात्मक मूल्य भएको बेला बिजुली प्रयोग गरे बापत उपभोक्ताहरूले उल्टै पैसा पाउन सक्नेछन्।

    सो समयमा बिजुली प्रयोग गरे उपभोक्ताले प्रसारण शुल्क फिर्ता पाउनेछन्। यसरी जम्मा भएको रकमले उपभोक्ताको बिजुलीको बिल घटाउनेछ। ऋणात्मक मूल्य भएको बेला जति धेरै बिजुली प्रयोग गर्‍यो त्यति धेरै फाइदा हुनेछ।

    शनिबार बिहान ११ बजेदेखि बिजुलीको मूल्य ऋणात्मक क्षेत्रमा प्रवेश गर्नेछ र यो क्रम अपरान्ह ५ बजेसम्म जारी रहनेछ। उपभोक्ताका लागि सबैभन्दा फाइदाजनक समय दिउँसो ३ बजेदेखि ४ बजेको बीचमा हुनेछ। त्यो बेला बिजुलीको मूल्य प्रति किलोवाट घण्टा -१.९९ सेन्टमा झर्नेछ।

    शनिबारको औसत बिजुली मूल्य प्रति किलोवाट घण्टा केवल ०.२९ सेन्ट हुने अनुमान गरिएको छ, जुन पछिल्लो ३० दिनको औसत मूल्य (२.१३ सेन्ट प्रति किलोवाट घण्टा) को तुलनामा निकै नै कम हो।

    जब बिजुलीको उत्पादन यसको तत्कालको खपतभन्दा बढी हुन पुग्छ विद्युत बजारमा यस्तो ऋणात्मक मूल्य देखिन्छ। यस्तो परिस्थितिमा विद्युत उत्पादकहरूले बजारमा सन्तुलन कायम राख्न उपभोक्तालाई बिजुली खपत गरेबापत भुक्तानी गर्नुपर्ने हुन्छ।

    शनिवार दिउँसो बिजुलीको मूल्य शून्यभन्दा पनि तल अर्थात् ऋणात्मक हुनेछ।

    फिनल्यान्डमा स्पट बजारको मूल्यसँग प्रत्यक्ष रूपमा जोडिएको विद्युत सम्झौता (फिनिसमा pörssisähkö) भएका उपभोक्ताहरूले ऋणात्मक मूल्यको फाइदा उठाउँदै आफ्नो बिजुली बिलमा उल्लेख्य छुट पाउन सक्ने हेलेन, कारुना लगायतका बिजुली सेवा प्रदायकहरूले जनाएका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप