0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा चार दशक यताकै भीषण जाडो, उत्तरी क्षेत्रको तापक्रम माइनस ४२ डिग्री

    सन् २०२५ फिनल्यान्डको इतिहासमै दोस्रो सबैभन्दा तातो वर्ष रहे पनि २०२६ को सुरुआत भने ठ्याक्कै उल्टो र अत्यधिक चिसो भएको छ।

    संक्षेपमा


    • ल्यापल्यान्डमा सन् १९८७ यताकै सबैभन्दा चिसो जनवरी।
    • साभुकोस्कीमा शताब्दीकै तेस्रो न्यून तापक्रम मापन।
    • देशभर वर्षाको मात्रामा उल्लेख्य कमी र सुक्खा हिउँद।

    फिनल्यान्डमा सन् २०२६ को सुरुआत असामान्य रूपमा चिसो र कष्टकर बनेको छ। फिनिस मौसम विज्ञान संस्थान (FMI) ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तापक्रम मौसमी औसतभन्दा निकै तल झरेको हो।

    उत्तरी ल्यापल्यान्ड क्षेत्रमा यो जनवरी विगत ४० वर्षयताकै सबैभन्दा चिसो महिना सावित भयो। दक्षिण-पश्चिमी टापुहरूमा औसत तापक्रम माइनस २ डिग्री रहँदा आर्कटिक क्षेत्रमा यो माइनस २० डिग्रीसम्म पुग्यो।

    जनवरी ९ मा साभुकोस्कीमा तापक्रम घटेर माइनस ४२.८ डिग्री सेल्सियस पुगेको थियो। यो सन् २००० पछि फिनल्यान्डमा रेकर्ड गरिएको तेस्रो न्यून तापक्रम हो।

    आलान्ड टापुको लेमल्यान्डमा जनवरी १७ का दिन तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको थियो। यो नै जनवरी महिनाको सबैभन्दा उच्च तापक्रम रह्यो।

    यस पटक चिसोसँगै वर्षाको मात्रा पनि निकै कम देखिएको छ। उत्स्योकीमा केवल २.८ मिलिमिटर वर्षा हुँदा आलान्डको योमालाव्यमा ५६.४ मिलिमिटर पानी पर्यो।

    विगतका दशकहरूमा जलवायु तातिरहेका बेला यस्तो भीषण जाडो हुनुले सबैलाई अचम्ममा पारेको छ। यसले विशेष गरी यातायात सञ्चालन र घर तताउने खर्चमा निकै वृद्धि गरेको छ। बिजुलीको भाउ समेत अचाक्ली बढेको छ।

    फिनल्यान्डमा लामो समयदेखि बसोबास गरिरहेका वा नयाँ आएका आप्रवासीहरूका लागि यो मौसम चुनौतीपूर्ण बनेको छ। चिसोका कारण रेल र बस सेवामा समेत बेलाबेला अवरोध उत्पन्न भएको छ।

    फिनल्यान्डमा सामान्यतया जनवरी र फेब्रुअरी महिना सबैभन्दा चिसो हुने गर्छन्। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हिउँदहरू केही न्यानो हुँदै गएका थिए।

    सन् २०२५ फिनल्यान्डको इतिहासमै दोस्रो सबैभन्दा तातो वर्ष रहे पनि २०२६ को सुरुआत भने ठ्याक्कै उल्टो र अत्यधिक चिसो भएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप