0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    मौसम पूर्वानुमान: सामान्यभन्दा तातो हुनेछ फिनल्यान्डमा आगामी जाडो याम

    ला निना नामक मौसमी परिघटनाका कारण फिनल्यान्डमा आगामी हिउँद सामान्यभन्दा न्यानो र वर्षासहितको हुन सक्ने मौसमविद्हरूको अनुमान छ।

    .संक्षेपमा.


    • यो वर्षको हिउँद सामान्यभन्दा कम चिसो हुने सम्भावना।
    • प्रशान्त महासागरमा विकसित हुने ला निना परिघटनाले उत्तरी युरोपको मौसमलाई असर गर्ने।
    • हल्का हिउँदको सम्भावना बलियो, तर केही समय चिसो र हिमपात भने हुने।

    यो वर्ष फिनल्यान्डमा हल्का जाडो हुने एक नयाँ पूर्वानुमानले देखाएको छ। फोरेका (Foreca) का मौसमविद् मार्कुस मान्तिकानासका अनुसार प्रशान्त महासागरमा विकसित हुँदै गरेको ‘ला निना’ नामक मौसमी परिघटनाले उत्तरी युरोपमा हल्का हिउँदको सम्भावना बढाएको हो।

    ला निना र एल निनो विश्वव्यापी मौसमलाई प्रभाव पार्ने दुई विपरित परिघटना हुन्। यी दुवै केही महिनादेखि एक वर्षभन्दा बढी समयसम्म रहन सक्छन्।

    हालको तथ्याङ्कले यस वर्षको अन्त्यतिर ला निना सुरु हुने संकेत गरेको छ, जसको प्रभावले जाडोयाम न्यानो हुने अनुमान गरिएको हो।

    फोरेकाले हालै सार्वजनिक गरेको अक्टोबरदेखि डिसेम्बरसम्मको मौसमी पूर्वानुमानले फिनल्यान्डमा हल्का र वर्षासहितको सुरुवाती हिउँदको संकेत गरेको छ।

    फोरेकाले हालै सार्वजनिक गरेको अक्टोबरदेखि डिसेम्बरसम्मको मौसमी पूर्वानुमानले फिनल्यान्डमा हल्का र वर्षासहितको सुरुवाती हिउँदको संकेत गरेको छ।

    युरोपेली मध्यम-अवधि मौसम पूर्वानुमान केन्द्र (ECMWF) को डिसेम्बरदेखि फेब्रुअरीसम्मको पूर्वानुमान पनि यस्तै किसिमको रहेको मान्तिकानासले आफ्नो ब्लगमा उल्लेख गरेका छन्।

    यद्यपि केही अन्य मौसम विश्लेषणहरूले फरक संकेत पनि गरेका छन्। विज्ञहरूका अनुसार ला निनाले ‘पोलार भोर्टेक्स’ (ध्रुवीय भमरी) लाई कमजोर बनाउन सक्छ, जसले गर्दा केही समयका लागि आर्कटिक क्षेत्रबाट चिसो हावा युरोपतर्फ आउने सम्भावना रहन्छ। त्यसैले समग्रमा जाडो हल्का भए पनि बीचमा केही हप्ता अचानक बढी चिसो र हिमपात हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन।

    सामान्यतया हल्का जाडोको अपेक्षा गरिए पनि कुनै पनि समयमा हुन सक्ने कडा चिसोका लागि न्यानो लुगाफाटो र अन्य आवश्यक तयारी गर्नु बुद्धिमानी हुनेछ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप