0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्याण्डले पायो १.५ अर्ब युरोको नयाँ पानीजहाज ‘डिल’, तुर्कु शिपयार्डमा खुसियाली

    लामो समयदेखि प्रतिक्षित यो सम्झौता तुर्कुस्थित मेयर शिपयार्डका लागि ठूलो राहत हो।

    .संक्षेपमा.


    • मेयर तुर्कु शिपयार्डले पायो चौथो ‘आइकन अफ द सीज’ जहाज निर्माण गर्ने डिल।
    • लगभग १.५ अर्ब युरोको सम्झौता, १३,००० व्यक्ति-वर्ष बराबरको रोजगारी सिर्जना गर्ने अनुमान।
    • पाँचौं जहाजको लागि पनि छलफल सकारात्मक दिशामा अघि बढेको र चाँडै सम्झौता हुने सम्भावना।

    फिनल्यान्डले करिब १.५ अर्ब युरोको नयाँ पानीजहाज निर्माण सम्झौता पाएको छ। समाचारले तुर्कुस्थित मेयर तुर्कु शिपयार्डमा खुसियाली छाएको छ।

    गत अगस्टदेखि चर्चामा रहेको अमेरिकी कम्पनी रोयल क्यारिबियन ग्रुपका लागि ‘आइकन अफ द सीज’ श्रृङ्खलाको चौथो जहाज निर्माणको वित्तीय स्रोत अन्ततः टुंगो लागेको हो। फिनल्याण्डका आर्थिक मामिला मन्त्री भिल्ले रिडम्यानका अनुसार फिनभेरा, मेयर तुर्कु, रोयल क्यारिबियन ग्रुप र अन्य वित्तीय संस्थाहरूबीच स्रोतको सहमति जुटेको हो।

    लामो समयदेखि प्रतिक्षित यो सम्झौता तुर्कुस्थित मेयर शिपयार्डका लागि ठूलो राहत हो। गत अगस्टमा सन् २०२४ को अन्त्यसम्ममा वित्तीय स्रोत टुंगो लाग्ने अनुमान गरिए पनि वार्ता लम्बिएको थियो। यो चौथो जहाजको मात्रै मूल्य करिब १.५ अर्ब युरो रहेको छ । पानीजहाज निर्माता मेयर तुर्कुको आर्थिक अवस्था विगतमा त्यति राम्रो थिएन, तर गत वर्ष नयाँ व्यवस्थापन आएको र कम्पनीले नाफा पनि कमाएको जनाइएको छ।

    जानकारहरूका अनुसार यो सम्झौताले भविष्यका लागि पनि सकारात्मक संकेत गरेको छ। गत अगस्टमा चौथो जहाजको प्रारम्भिक सम्झौता घोषणा हुँदा पाँचौं जहाजको विकल्प पनि प्रस्तुत गरिएको थियो।

    मन्त्री रिडम्यानका अनुसार चौथो जहाजको वित्तीय सम्झौता टुंगो लागेसँगै पाँचौं जहाजको सम्भावना पनि उल्लेख्य रूपमा बढेको छ।

    “आइकन पाँचौंका लागि छलफल राम्रो गतिमा अघि बढेको छ र समाधान चौथो जहाजको जस्तै हुने सम्भावना छ। हामी अटम सिजन अगावै टुंगोमा पुग्नेमा आशावादी छौं,” उनले भने।

    चौथो जहाजको वित्तीय सम्झौता टुंगो लागेसँगै पाँचौं जहाजको सम्भावना पनि उल्लेख्य रूपमा बढेको छ।

    भिल्ले रिडम्यान, फिनल्याण्डका आर्थिक मामिला मन्त्री

    क्रूज जहाजको अर्डरले दक्षिणपश्चिम फिनल्याण्डमा मात्र नभई उप-ठेक्का प्रणालीमार्फत पूरै फिनल्याण्डमा रोजगारी सिर्जना गर्नेछ। चौथो क्रूज जहाजले १३,००० व्यक्ति-वर्ष बराबरको रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप