.संक्षेपमा.
- राजदूत रीना-रिक्का हेक्काको तीन वर्षे कार्यकाल सकियो।
- फिनल्याण्ड र नेपालबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पुग्यो।
- पेत्री पुहाक्का काठमाडौंस्थित फिनल्याण्डको दूतावासमा नयाँ राजदुत नियुक्त।
नेपालका लागि फिनल्यान्डको नयाँ राजदूतमा परराष्ट्र मामिला सल्लाहकार पेत्री पुहाक्कालाई नियुक्त गरिएको छ। फिनल्यान्डको परराष्ट्र मन्त्रालयले जनाए अनुसार आगामी अगस्ट १ देखि काठमाडौंस्थित फिनल्याण्डको दूतावासमा हेड अफ मिसनको रूपमा पुहाक्कालाई नियुक्त गरिएको हो।
पुहाक्का हाल अपाङ्गता समावेशीकरणका लागि राजदूतको रूपमा कार्यरत छन्। उनका अघिल्ला पदहरूमा २०१६-२०२० मा क्वालालम्पुरस्थित फिनल्याण्डको दूतावासमा हेड अफ मिसन, २०१२-२०१६ मा मानव संसाधन विकास निर्देशक र २०११-२०१२ मा पूर्वी एशिया टोलीका प्रमुख थिए। पुहाक्का सन् १९९५ मा परराष्ट्र मन्त्रालयमा प्रवेश गरेका थिए। उनले अन्तर्राष्ट्रिय मार्केटिङमा स्नातकोत्तर गरेका छन्।
नेपालका लागि फिनल्याण्डकी वर्तमान राजदूत रीना-रिक्का हेक्काले नेपालमा तीन वर्षे कार्यकाल पुरा गरी बिदा भएकी छिन्। उनको कार्यकालमा फिनल्याण्ड र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास भएको थियो।
फिनल्याण्ड र नेपालबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसारमा फिनल्यान्डका अन्तराष्ट्रिय विकास मन्त्री भिल्ले ताभियोको नेपाल भ्रमण, नयाँ विकास परियोजनाहरूको सुरुवात र आर्थिक सहयोगका लागि नयाँ वित्तीय उपकरणको हस्ताक्षर जस्ता कामहरू राजदुत हेक्काको कार्यकालका सम्पन्न भएका थिए।

पुहाक्का हाल अपाङ्गता समावेशीकरणका लागि राजदूतको रूपमा कार्यरत छन्।
राजदूत हेक्का विकास सहयोगमा सक्रिय रूपमा संलग्न थिइन्। उनले नेपालका धेरै ग्रामीण क्षेत्रको भ्रमण गरेकि थिइन्। हेक्काको बिदाईमा काठमान्डौ दुतावासले पोस्ट गरेका राजदूत हेक्काका फोटोहरू तल हेर्नुहोस्ः





