0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्याण्डको जनसंख्या ५६ लाख नाघ्यो

    फिनल्याण्डमा मृत्युदर जन्मदर भन्दा बढी भएपनि आप्रवासीका कारण कुल जनसंख्या वृद्धि भएको छ। कोरोना महामारीको समयमा फिनल्याण्डमा जन्मदर बढेको थियो तर त्यो ‘ट्रेन्ड’ लामो समयसम्म टिक्न भने सकेन।

    संक्षेपमा.


    • फिनल्याण्डमा आप्रवासीको संख्या बढ्दो, जनसंख्या सुस्त गतिमा बढ्दै।

    • फिनल्याण्डको जनसंख्या वृद्धिमा आप्रवासीको योगदान मूख्य।

    • फिनल्याण्डमा मृत्युदर बढी, तर जनसंख्या घटेन।


    Statistics Finland को प्रारम्भिक तथ्यांक अनुसार सन् २०२५ को फेब्रुअरी महिनासम्म फिनल्याण्डको जनसंख्या ५६ लाख ३९ हजार ६ सय पुगेको छ। जनवरी र फेब्रुअरी महिनामा मात्र देशको जनसंख्यामा २,३८६ जनाको वृद्धि भएको छ।

    जनसंख्यामा वृद्धि मुख्यतया विदेशी आप्रवासनको कारणले भएको देखिन्छ। पछिल्लो तथ्यांक अनुसार यस अवधिमा आप्रवासी र प्रवासीको फरक ४,८८१ रहेको छ, जसमा आप्रवासीको संख्या बढी छ। तर यही अवधिमा मृत्यु हुनेको संख्या जन्मिएका बालबालिकाको संख्या भन्दा २,७९८ ले बढी रहेको छ। कोरोना महामारीको समयमा फिनल्याण्डमा जन्मदर बढेको थियो तर त्यो ‘ट्रेन्ड’ लामो समयसम्म टिक्न सकेन।

    विगत केही वर्षको तथ्यांक हेर्दा फिनल्याण्डमा जन्मदर भन्दा मृत्युदर बढी रहेको देखिन्छ। तर विदेशी आप्रवासनको कारणले कुल जनसंख्यामा सकारात्मक वृद्धि भइरहेको छ। Statistics Finland का अनुसार सन् २०२४ को जनवरी र फेब्रुअरी महिनामा पनि यस्तै प्रवृत्ति देखिएको थियो।

    फिनल्याण्डको जनसंख्या सन् २०२५ को फेब्रुअरीसम्म ५६ लाख ३९ हजार ६ सय पुगेको छ। मृत्युदर जन्मदर भन्दा बढी भएपनि आप्रवासीका कारण गर्दा कुल जनसंख्यामा वृद्धि भएको हो।

    फिनल्याण्डको जनसांख्यिक विवरण हरेक महिना अद्यावधिक गरिन्छ र मार्च २०२५ को तथ्यांक अप्रिल २५ मा सार्वजनिक गरिने जनाइएको छ। यो तथ्यांक फिनल्याण्डको आधिकारिक तथ्यांक विभाग Statistics Finland द्वारा संकलन र प्रकाशन गरिन्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप