…संक्षेपमा.
- सन् २०२४ फिनल्याण्डको इतिहासमा चौथो सबैभन्दा तातो वर्ष रह्यो।
- फिनल्याण्डको तापमान वृद्धिदर विश्व औसतभन्दा तीव्र।
- फिनल्याण्डमा बढ्दो वर्षा र सम्भावित बाढीको चेतावनी।
फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (FMI)) का अनुसार सन् २०२४ फिनल्याण्डको इतिहासमा चौथो सबैभन्दा तातो वर्षको रूपमा दर्ता भएको छ। विश्वव्यापी तापमान वृद्धिको तुलनामा फिनल्याण्डको तापमान वृद्धिदर झनै तीव्र रहेको पाइएको छ।
गत वर्ष फिनल्याण्डमा २५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम भएका दिनहरूको संख्या ७१ पुग्यो, जुन हालसम्मकै रेकर्ड हो। FMI का मौसमविज्ञ Pauli Jokinen का अनुसार भूमध्य रेखानजिकका क्षेत्रहरूको तुलनामा उच्च अक्षांशका क्षेत्रहरूमा तापमान वृद्धि तीव्र गतिमा भइरहेको छ।
औद्योगिक युगपूर्व फिनल्याण्डको वार्षिक औसत तापमान प्रायः शून्य डिग्री सेल्सियसभन्दा तल रहने गरेकोमा अहिले लगातार शून्य डिग्री माथि रहन थालेको छ। सन् २०२० मा यहाँको औसत तापमान करिब ५ डिग्री सेल्सियस पुगेको थियो।

औद्योगिक युगपूर्व फिनल्याण्डको वार्षिक औसत तापमान प्रायः शून्य डिग्री सेल्सियसभन्दा तल रहने गरेकोमा अहिले लगातार शून्य डिग्री माथि रहन थालेको छ।
सन् २०२४ को जनवरीमा Lapland क्षेत्रमा यस सहस्राब्दिकै सबैभन्दा चिसो तापक्रम -४४.३ डिग्री सेल्सियस मापन गरिएको थियो। तर गर्मीयाममा लामो समयसम्म अत्यधिक तातो दिनहरू अनुभव गरियो। Jokinen का अनुसार एकल मौसमी घटनाहरूलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग जोड्न नसकिए पनि लामो समयसम्म रहने गर्मी लहरहरू विश्वव्यापी तापमान वृद्धिका कारण बढ्दै गएको अध्ययनहरूले पुष्टि गरेका छन्।
Finnish Climate Change Panel ले पहिले नै बढ्दो वर्षा र सम्भावित बाढीको चेतावनी दिइसकेको छ। नोभेम्बर महिनामा फिनल्याण्डको पश्चिमी तटमा पहिलो पटक ३३.५ मिटर प्रति सेकेण्ड वेगको आँधीबेहरी मापन गरिएको थियो। तर यस्ता आँधीबेहरीको तीव्रता जलवायु परिवर्तनसँग कसरी सम्बन्धित छ भन्ने बुझ्न थप तथ्यांकको आवश्यकता रहेको FMI ले जनाएको छ।





