0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    सर्वेक्षण: विदेशी कामदारप्रति फिनिस कम्पनीको सन्तुष्टि उच्च, माग भने घट्यो

    फिनल्यान्डमा काम पाउनका लागि फिनिस भाषाको ज्ञान नहुनु अझैपनि सबैभन्दा ठूलो बाधाको रुपमा रहेको देखिन्छ।

    .संक्षेपमा.


    • विदेशी कर्मचारीहरूप्रति फिनिस कम्पनीहरूको अनुभव निकै सकारात्मक।
    • विगतको तुलनामा फिनिस कम्पनीहरूले विदेशी कामदारलाई कम काम दिए।
    • काम पाउनका लागि फिनिस भाषाको ज्ञान सबैभन्दा ठूलो बाधा।

    फिनल्यान्डमा विदेशीहरूलाई रोजगारी दिएका कम्पनीहरू आफ्ना विदेशी कर्मचारीसँग निकै सन्तुष्ट रहेको पाइएको छ। फिनल्यान्डको चेम्बर अफ कमर्सले गरेको जनशक्ति सर्वेक्षणले यस्तो देखाएको हो।

    उच्च सन्तुष्टिका बाबजुत विदेशी कामदार तथा दक्ष जनशक्तिको मागमा भने कमी आएको उक्त सर्वेक्षणले देखाएको छ।

    सर्वेक्षणका अनुसार पछिल्लो पाँच वर्षमा विदेशी दक्ष जनशक्तिलाई रोजगारी दिने कम्पनीको संख्या गत वर्षको ३७ प्रतिशतबाट घटेर २८ प्रतिशतमा झरेको छ।

    यद्यप, विदेशी कर्मचारी भर्ना गरेका कम्पनीहरूमध्ये ७३ प्रतिशतले आफ्नो अनुभव सकारात्मक रहेको बताएका छन्। केवल ४.५ प्रतिशतले मात्रै नकारात्मक अनुभव बटुलेको बताएका छन्।

    माग घट्नुको पछाडि आर्थिक मन्दीका साथै आप्रवासनसम्बन्धी बढ्दो नकारात्मक बहसलाई पनि जिम्मेवार मानिएको छ।

    माग घट्नुको पछाडि आर्थिक मन्दीका साथै आप्रवासनसम्बन्धी बढ्दो नकारात्मक बहसलाई पनि जिम्मेवार मानिएको छ। चेम्बर अफ कमर्सका प्रमुख विशेषज्ञ भेसा पुल्किनेनका अनुसार आप्रवासनबारे नकारात्मक चर्चा हुन थालेपछि अवसरभन्दा समस्याहरू बढी देखिन थाल्छन्।

    सर्वेक्षणले रोजगारीका लागि सबैभन्दा ठूलो बाधा फिनिस भाषा रहेको देखाएको छ। ५५ प्रतिशत कम्पनीहरूले आफूहरूलाई मातृभाषा सरह फिनिस बोल्ने कर्मचारी मात्रै चाहिने बताएका छन्।

    पुल्किनेनले भाषा अध्ययनका लागि ‘सर्भिस भाउचर’ प्रणालीको प्रस्ताव गरेका छन्। जसका कारण कम्पनीहरूलाई भाषा सिक्दै गरेकाहरूलाई पनि काममा राख्न प्रोत्साहन मिल्नेछ।

    सरकारले दक्ष कामदारको उपलब्धता बढाउन गरेका प्रयासहरूलाई कम्पनीहरूले १० मा ६.५ अंक मात्र दिएका छन्, जुन गत वर्षभन्दा कम हो। यसले सरकारी नीतिप्रति व्यवसायीहरूको असन्तुष्टिलाई झल्काएको छ।

    यो सर्वेक्षण १८ देखि २२ अगस्ट २०२५ को बीचमा गरिएको थियो र यसमा फिनल्यान्डभरका १,०३५ कम्पनीहरूले भाग लिएका थिए।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप