0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    गर्मीको असर: चाहिने भन्दा धेरै पानी पिउँदा फिनल्यान्डमा मानिसहरू अस्पताल भर्ना

    चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीमा शरीरमा नुनको मात्रा नमिलाई पानी मात्र पिउँदा 'वाटर इन्टक्सिकेशन'को गम्भीर समस्या देखिन थालेको छ।

    फिनल्यान्डमा जारी तातो लहर (हिटवेभ) को बीचमा एक अनौठो स्वास्थ्य समस्या देखा परेको छ। गर्मीबाट बच्न धेरै पानी पिएका मानिसहरू बिरामी परेर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन थालेका छन्। चिकित्सकहरूले यसलाई ‘हाइपोनेट्रेमिया’ अर्थात् ‘वाटर इन्टक्सिकेशन’ (पानीको विषाक्तता) भनेका छन्। यो समस्या जुन शरीरमा नुनको सन्तुलन बिग्रिँदा उत्पन्न हुन्छ।

    कोक्कोलास्थित संयुक्त आकस्मिक कक्षका प्रमुख चिकित्सक टमस ब्योर्कले फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE लाई बताए अनुसार गत शनिबारदेखि हरेक दिन अत्यधिक पानी पिएका बिरामीहरू आइरहेका छन्।

    “मानिसहरूले तरल पदार्थ पिउन त सम्झिए, तर शरीरलाई चाहिने नुनको महत्त्वलाई बिर्सिए,” उनले भनेका छन्। उनका अनुसार यसरी आउने बिरामीमा सबै उमेर समूहका मानिसहरू छन्।

    यो समस्या केवल कोक्कोलाको मात्र भने होइन। सेइनायोकी शहरको आकस्मिक कक्षमा पनि पानीको विषाक्तताका कारण दैनिक करिब पाँच बिरामी आउने गरेका छन्।

    “हरेक दिन तीन लिटरभन्दा बढी पानी पिउनु अलि बढी हुन सक्छ। समस्या पानी आफैमा होइन, पिसाबसँगै शरीरबाट नुन बाहिरिनु हो।” चिकित्सक यारी निर्हिला भन्छन्।

    चिकित्सकको सल्लाह

    फिनल्यान्डको स्वास्थ्य तथा कल्याण संस्थान (THL) को निर्देशिका अनुसार वयस्क व्यक्तिले गर्मीको समयमा दिनमा २ देखि ३ लिटर तरल पदार्थ पिउनुपर्छ। तर यो व्यक्तिको उमेर र अवस्थामा पनि भर पर्छ।

    चिकित्सक ब्योर्कका अनुसार पानीको विषाक्तता एकै दिनमा विकसित हुँदैन। कोक्कोलामा एक हप्ताभन्दा बढी समयसम्म लगातार गर्मी बढेपछि यस्ता बिरामीहरू देखिन थालेका हुन्।

    उनले लामो समयसम्म चल्ने गर्मीमा सामान्य अवस्थामा जस्तै खाना खान र त्यसमा एक चिम्टी अतिरिक्त नुन थप्न सुझाव दिए।

    “सबैभन्दा राम्रो मिनरल नुन हो, जसमा आधा सोडियम (सामान्य नुन) र आधा पोटासियम र म्याग्नेसियम हुन्छ। यसो गर्दा शरीरले ती तत्त्वहरू पनि पर्याप्त मात्रामा पाउँछ,” उनले भने।

    केही रोगहरू र तिनका औषधिहरूले पनि शरीरमा नुनको सन्तुलनमा गडबडी ल्याउन सक्ने केस्की-सुओमेन सेन्ट्रल अस्पताल नोभाकी सेवा निर्देशक अफ्रा प्रोकिन बताउँछिन्।

    मिक्केली सेन्ट्रल अस्पतालको आकस्मिक कक्षमा पनि गर्मीका बिरामीहरूको भीड लाग्ने गरेको छ, जसमध्ये केही वृद्धवृद्धाहरू अत्यधिक पानी पिएका कारण कमजोर भएका थिए।

    त्यहाँका प्रमुख चिकित्सक हान्स यार्डस्ट्रोमले पानी मात्र नभई फलफूलको रस, मिनरल वाटर, फलफूल र दूध जस्ता अन्य तरल पदार्थबाट पनि शरीरलाई हाइड्रेटेड राख्न सकिने स्मरण गराए।

    “रक्सी बाहेक अरू सबै प्रकारका तरल पदार्थ राम्रो हो।” उनले भने।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप