0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा ६८ वर्ष नाघेकालाई नि:शुल्क स्विमिङ, पर्यटकले समेत लिन सक्नेछन् यो सेवा

    हेलसिन्कीका सरकारी पौडी पोखरीहरूमा ज्येष्ठ नागरिकले अब दिउँसोको समयमा पैसा नतिरी पौडिन पाउनेछन्। हेलसिन्की बाहिरका बासिन्दा र पर्यटकलाई समेत यो सुविधा उपलब्ध हुनेछ।

    संक्षेपमा


    • ६८ वर्ष पूरा भएकालाई सोमबार-शुक्रबार बिहान ११ देखि ३ बजेसम्म नि:शुल्क प्रवेश।
    • हेलसिन्की बाहिरका बासिन्दा र पर्यटकलाई पनि हुनेछ यो सुविधा उपलब्ध
    • सुविधा लिन उमेर खुल्ने परिचयपत्र, KELA कार्ड वा रिसेप्सन सेन्टरको कार्ड अनिवार्य।

    हेलसिन्की सहरले ६८ वर्ष उमेर पूरा गरेका व्यक्तिहरूका लागि स्विमिङ पुलमा नि:शुल्क प्रवेशको व्यवस्था गरेको छ। यो नयाँ नियम यही २ जनवरी (शुक्रबार) देखि लागू भएको हो।

    यो सुविधा सोमबार देखि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म लागू हुनेछ। अहिलेका लागि यो योजना इताकेस्कुस (Itäkeskus), पिर्कोला (Pirkkola), याकोमाकी (Jakomäki) र युर्योनकातु (Yrjönkatu) का सरकारी स्विमिङ हलहरूमा मात्र उपलब्ध छ।

    यो सुविधा हेलसिन्कीका बासिन्दाका लागि मात्र नभएर ६८ वर्ष नाघेका अन्य सहरका वासिन्दा वा पर्यटकका लागि समेत उपलब्ध छ।

    स्विमिङ हलमा नि:शुल्क प्रवेश गरिसकेपछि पौडी खेल्ने समय दुई घण्टाको हुनेछ।

    ध्यान दिनुपर्ने समय र स्थानहरू

    याकोमाकी स्विमिङ हलमा भने समय थोरै फरक छ। त्यहाँ दिउँसोको समयमा स्कुले विद्यार्थीहरूको स्विमिङ कक्षा हुने भएकाले ६८ वर्ष माथिकाले अहिलेका लागि बुधबारदेखि शुक्रबारसम्म दिउँसो २ देखि ३ बजेभित्र मात्र नि:शुल्क प्रवेश पाउनेछन्।

    युर्योनकातुको स्विमिङ हल हाल मर्मतका लागि बन्द छ र फेब्रुअरी २ मा खुल्ने अनुमान गरिएको छ। त्यहाँ पहिलो तल्लामा मात्र नि:शुल्क सुविधा हुनेछ भने महिला र पुरुषका लागि अलग–अलग दिन तोकिएको छ।

    यो सुविधा हेलसिन्कीका बासिन्दाका लागि मात्र नभएर ६८ वर्ष नाघेका अन्य सहरका वासिन्दा वा पर्यटकका लागि समेत उपलब्ध छ।

    कसरी लिने सुविधा?

    नियमित पौडी खेल्न जानेहरूले ‘कस्टमर कार्ड’ बनाएर एक वर्षका लागि यो सुविधा लोड गर्न सक्नेछन्। पहिलो पटक कार्ड बनाउँदा वा सुविधा लिँदा आफ्नो उमेर खुल्ने कागजात देखाउनु पर्नेछ।

    यसका लागि पासपोर्ट, सरकारी आइडी कार्ड, ड्राइभिङ लाइसेन्स वा केला कार्ड प्रयोग गर्न सकिनेछ। शरणार्थीका रूपमा रहेकाहरूले ‘रिसेप्सन सेन्टर’को कार्ड देखाएर पनि यो सुविधा लिन सक्ने हेलसिन्कीले जनाएको छ।

    उदाहरणका लागि नेपालबाट फिनल्यान्ड घुम्न आएका पर्यटकले नेपाली पासपोर्ट देखाएर पनि यो सुविधा लिन सक्नेछन्।

    यो नि:शुल्क नियम हेलसिन्कीका आउटडोर/बाहिरका स्विमिङ पुल, निजी जिम वा Urheiluhallit Oy स्पोर्ट हलहरूमा भने लागू हुने छैन।

    हेलसिन्की नगर परिषद्ले नयाँ सहरी रणनीति अन्तर्गत ज्येष्ठ नागरिकको स्वास्थ्य र सक्रियता बढाउन यो निर्णय गरेको हो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप