0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनिस र नेपाली सिक्न चाहनेका लागि खुसीको खबर: निःशुल्क उपलब्ध छन् दुई उपयोगी पुस्तक

    व्यवहारिक तरिकाले फिनिस भाषा सिकाउने पुस्तक You Can Speak Finnish Like A Native र खास गरि बालबालिकालाई नेपाली भाषा सिक्न सघाउने पुस्तक र गेमिङ वेबसाइट 'पहिलो खुड्किला' सार्वजनिक गरिएको छ।  

    संक्षेपमा


    • फिनिस सिकाउने पुस्तकको लक्ष्य समुह A0-A2.1 लेभल।
    • गेम वेबसाइटले बच्चाहरूलाई नेपाली सिक्न मद्दत गर्ने।
    • दुवै प्रोजेक्ट फिनल्यान्डमा बस्ने दुई नेपाली अगुवाले बनाएका हुन्।

    फिनल्यान्डमा बस्ने नेपाली समुदायलाई लक्षित गरेर दुई महत्वपूर्ण शैक्षिक सामग्री हालै सार्वजनिक भएका छन्। यी दुवै सामाग्री निःशुल्क रूपमा उपलब्ध छन्।

    सार्वजनिक गरिएका सामाग्रीमा एउटा फिनिस भाषा बोल्न सहज बनाउने पुस्तक हो भने अर्को विदेशमा हुर्किरहेका बच्चाहरूलाई नेपाली पढ्न–लेख्न सिकाउने पुस्तक र गेमिङ प्लेटफर्म हो।

    फिनिस भाषा सहज रुपमा बोल्न सिकाउने पुस्तक ‘You Can Speak Finnish Like A Native’ हेलसिन्की नगर परिषद् सदस्य तथा शिक्षण पेसाकर्मी कृष्ण रेग्मीले सार्वजनिक गरेका हुन्।

    फिनिस भाषा सुरुबाट सिक्न चाहने A0 देखि A2.1 स्तरका विद्यार्थीलाई लक्षित यो पुस्तक जो–कसैले बिना शुल्क डाउनलोड गरी प्रयोग गर्न सक्नेछ।

    रेग्मीका अनुसार यो पुस्तक परम्परागत भाषा विज्ञानको पाठ्यपुस्तक नभै फिनल्यान्डको भाषा-व्यवहारमा आधारित रहेर आफ्नै अभ्यास, गल्ती र तर्कका आधारमा तयार गरिएको व्यावहारिक पुस्तक हो।

    रेग्मीको फिनिस भाषाको पकड राम्रो रहेको उनले नगर सभामा दिएका भाषणहरु र सामाजिक संजालमा लेखेका पोस्टहरूमा देख्न सकिन्छ।

    रेग्मीले पुस्तकमा “एकदमै सहि व्याकरण सहित बोल्नुपर्छ” भन्ने दबाब हटाउँदै, संवाद सुरु गराउने अर्थात् ‘action over theory’ दृष्टिकोणलाई केन्द्रमा राखेका छन्।

    फिनिसहरूलाई व्याकरण पुरै सही नहुँदा पनि बुझ्न सहज हुने भएकाले पहिलो लक्ष्य बोल्ने डर र हिचकिचाहट हटाउनु रहेको रेग्मीको धारणा छ।

    पुस्तकमा फिनल्यान्डका आम मानिसले दैनिक जीवनमा प्रयोग गर्ने बोलीचालीको फिनिस (जस्तै “Mä oon”) लाई प्राथमिकता दिइएको छ, जसलाई धेरै भाषा सिकाउने भनेर लेखिएका पाठ्यपुस्तकले बेवास्ता गर्छन्।

    रेग्मीको पुस्तकमा करिब ६०० भन्दा बढी महत्वपूर्ण शब्दहरू सन्दर्भसहित प्रस्तुत गरिएका छन्।

    फिनिस व्याकरण बुझाउन पुस्तकले तर्क र ढाँचालाई केन्द्रमा राखेको रेग्मीले बताए।

    उनले बाल्यकालमा जस्तै खेल्दै–गर्दै भाषामा डुबेर सिक्ने तरिकालाई वयस्कको बुद्धिमत्तासँग जोड्ने प्रयास गरेको पनि बताए।

    नेपाली भाषाको पुस्तक र गेमिङ वेभसाइट

    यससँगै गैर आवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्डका पूर्व अध्यक्ष लभ उपाध्यायले नेपाली भाषा सिकाउने पुस्तकवेभसाइट सार्वजनिक गरेका छन्। उपाध्यायका सामाग्रीहरू पनि निःशुल्क उपलब्ध छन्।

    विदेशमा जन्मिएर हुर्किरहेका आफ्ना छोराले राम्रो नेपाली बोल्ने भएपनि फिनल्यान्डको एउटा नेपाली रेस्टुरेन्टमा नेपाली मेनु पढ्न नसकेको देखेपछि आफूले बालबालिकालाई नेपाली पढ्न–लेख्न सिकाउने सजिलो सामग्री तयार गर्न थालेको उपाध्ययले उल्लेख गरेका छन्।

    सुरुमा साधारण वेबसाइटमा पुस्तक/अध्ययन सामग्री राखेर सार्वजनिक गरिएको उपाध्ययको प्रयासले पछिल्लो चरणमा सफ्टवेयर डेभलपर सञ्जय भट्टराईसँगको सहकार्यमा गेमिङ वेबसाइटको रूप पाएको छ।

    उपाध्यय र भट्टराईको संयुक्त प्रयासमा बनेको पहिलो खुड्कीला गेमिङ प्लेटफर्म अंग्रेजी–नेपाली र अंग्रेजी–नेपाली–फिनिस भाषामा उपलब्ध।

    उपाध्ययका अनुसार उक्त गेमिङ प्लेटफर्म प्रगोग गरि फिनल्यान्डमा बस्नेले मात्र होइन विश्वमा जहाँ बसेपनि नेपाली सिक्न चाहने बालबालिकाले नेपाली स्वर, व्यञ्जन, आधारभूत पढाइ र लेखाइलाई रमाइलो खेलको माध्यमबाट सिक्न सक्नेछन्।

    हाल पहिलो खुड्किलामा अक्षर चिन्न, उच्चारण सिक्न तथा सामान्य पढाइ–लेखाइ अभ्यास गर्न सकिने सुविधा उपलब्ध छ, र आगामी दिनमा सामग्रीहरू क्रमशः थपिंदै जाने बताइएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप