.संक्षेपमा.
- रोममा तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुग्यो।
- पोर्चुगलको लिस्बनमा आइतबार ४२ डिग्रीको अनुमान।
- फ्रान्सको मार्सेलेमा सार्वजनिक पौडी पोखरीहरू नि:शुल्क खुला गरियो।
उत्तरी युरोपमा तुलनात्मक रुपमा चिसो समर भइरहेको बेला दक्षिणी युरोपका देशहरूले यस वर्षको पहिलो र अत्यन्त खतरनाक गर्मीको लहरको सामना गरिरहेका छन्। विशेषगरी स्पेन, पोर्चुगल, इटाली र फ्रान्सका क्षेत्रहरूमा असामान्य रुपमा उच्च तापक्रम मापन भइरहेको छ।
इटालीको राजधानी रोममा शनिबार तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुगेको थियो।
यस्तै पोर्चुगलको दुई-तिहाई भू-भाग अत्यधिक गर्मी सामना गरिरहेको छ, र डढेलोको उच्च जोखिममा रहेको पनि जनाइएको छ। राजधानी लिस्बनमा आइतबारसम्म तापक्रम ४२ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान छ।
स्पेनमा पनि अधिकांश भू-भागमा ४० डिग्री सेल्सियस भन्दा माथिको तापक्रम पुग्ने अपेक्षा गरिएको छ।
स्वीडेनको विदेश मन्त्रालयले स्पेनमा रहेका आफ्ना पर्यटकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

स्पेनमा पनि अधिकांश भू-भागमा ४० डिग्री सेल्सियस भन्दा माथिको तापक्रम पुग्ने अपेक्षा गरिएको छ।
फ्रान्सको दक्षिणी शहर मार्सेलेमा स्थानीय प्रशासनले जनताको सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक पौडी पोखरीहरू नि:शुल्क प्रयोगका लागि खुला गरेको छ। यहाँ पनि तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्ने अनुमान गरिएको छ





