0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा गर्मी जारी रहने, चट्याङ र तीव्र हावाहुरीको चेतावनी

    तापक्रम ३१ डिग्री सेल्सियस सम्म पुग्ने पूर्वानुमान गरिएको छ। अधिकांश भागमा चट्याङ सहितको वर्षा र तीव्र हावाहुरीको सम्भावना छ।

    फिनल्यान्डमा जारी तातो लहर अझै केही दिन रहने र यससँगै चट्याङसहितको भीषण वर्षाको सम्भावना बढेको फिनिस मौसम विज्ञान संस्थानले आज जारी गरेको पूर्वानुमानमा जनाएको छ।

    संस्थानका अनुसार दक्षिणपूर्वबाट भित्रिएको तातो र आर्द्र हावाका कारण फिनल्यान्डका अधिकांश भागमा शक्तिशाली आँधीबेहरीको लागि अनुकूल अवस्था बनेको छ।

    मौसम पूर्वानुमान अनुसार यो साताभरि तापक्रम सामान्यतया २५ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ। हावामा रहेको उच्च आर्द्रताले गर्मीको असजिलोपनलाई अझ बढाउनेछ।

    केही स्थानमा रातहरू “उष्ण” हुन सक्नेछन्, जहाँ तापक्रम २० डिग्री सेल्सियसभन्दा तल झर्ने छैन।

    “यो साता वर्षा र चट्याङसहितको आँधीबेहरी सामान्य हुनेछ, र यसले सुख्खा जमिनलाई केही राहत दिनेछ।” संस्थानका मौसमविद् तुक्का केरानेन (Tuukka Keränen) भन्छन्।

    पूर्वानुमान अनुसार यो साता फिनल्यान्डको पश्चिमी भागदेखि उत्तरी ल्यापल्यान्डसम्मको क्षेत्रमा चट्याङ पर्ने सम्भावना बढी छ। उत्तरी ओस्ट्रोबोथनीया र ल्यापल्यान्डका धेरैजसो भागमा २० मिटर प्रति सेकेन्डभन्दा बढीको खतरनाक हावाको झोक्का आउन सक्नेछ।

    ल्यापल्यान्डमा वर्षा एकै ठाउँमा केन्द्रित भएमा भारी वर्षा हुन सक्ने बाढी समेत आउन सक्ने जनाइएको छ। चट्याङसँगै केही ठाउँमा असिना पनि पर्न सक्ने बताइएको छ।

    अझै पनि जमिन सुख्खा रहेकाले चट्याङका कारण डढेलो लाग्न सक्ने जोखिम छ। यद्यपि, स्थानीय रूपमा हुने भारी वर्षाले खडेरीको अवस्थामा राहत पुऱ्याउन मद्दत गर्नेछ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप