0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    ढिलो आयो, तर कडा आयो: फिनल्यान्डको चर्को गर्मी अझै केही दिन रहने

    फिनल्याण्डमा प्रचण्ड गर्मीको लहर जारी, तापक्रम ३० डिग्री नाघ्दा अपनाउनुहोस् यस्ता सावधानी।

    .संक्षेपमा.


    • यो समरको सबैभन्दा उच्च तापक्रम ३१.५ डिग्री सेल्सियस मापन।
    • दक्षिण-पश्चिमी फिनल्याण्डमा भारी वर्षा र चट्याङसहितको शक्तिशाली आँधीबेहरीको चेतावनी।
    • प्रचण्ड गर्मीले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने हुँदा सावधानी अपनाउन विज्ञको सुझाव।

    फिनल्याण्डमा गर्मीको लहर सोमबार पनि देशभरि व्यापक रूपमा जारी रहने फिनिस मौसम विज्ञान संस्थानले जनाएको छ। आइतबार कास्किनेन शहरमा यो समरको सबैभन्दा उच्च तापक्रम ३१.५ डिग्री सेल्सियस मापन गरिएको थियो। मौसमविद्हरूका अनुसार सोमबार फिनल्याण्डका अधिकांश भागमा तापक्रम ३० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने अनुमान गरिएको छ। सोमबारै गर्मीको नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना छ।

    मौसम विज्ञान संस्थानले उत्तरी ल्यापल्याण्ड बाहेक सम्पूर्ण क्षेत्रका लागि प्रचण्ड गर्मीको चेतावनी जारी गरेको छ। यो चेतावनी सोमबारसम्म जारी रहनेछ। यसका साथै दक्षिण-पश्चिमी फिनल्याण्डमा भारी वर्षा र चट्याङसहितको शक्तिशाली आँधीबेहरीको पनि चेतावनी दिइएको छ। सोमबार दिउँसोदेखि त्यस क्षेत्रमा प्रति घण्टा ३० मिलिमिटरसम्म भारी वर्षा हुन सक्ने बताइएको छ।

    विशेष गरी दक्षिणी फिनल्याण्डमा रातहरू पनि तातो “ट्रपिकल नाइट” हुन सक्ने सम्भावना छ, जहाँ रातको तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि रहनेछ। मध्य र उत्तरी फिनल्याण्डमा भने हावा सुख्खा रहने हुँदा रातमा तापक्रम केही घट्नेछ।

    २५ डिग्रीभन्दा बढी तापक्रम हुँदा के गर्ने?

    प्रचण्ड गर्मीले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने हुँदा निम्न सावधानीहरू अपनाउन विज्ञहरूले सुझाएका छन्:

    • पर्याप्त पानी पिउनुहोस्: तिर्खा नलागे पनि नियमित रूपमा पानी र अन्य झोल पदार्थ पिउनुहोस्। क्याफिनयुक्त पेय पदार्थ (कफी, चिया) र मदिरा सेवन नगर्नुहोस् वा थोरै गर्नुहोस्। क्याफिनले शरीरमा पानीको कमी गराउन सक्छ।
    • घरभित्रै बस्नुहोस्: सम्भव भएसम्म दिनको सबैभन्दा गर्मी समय, विशेष गरी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म घरभित्र वा कुनै चिसो ठाउँमा बस्नुहोस्। घरका झ्यालहरूमा पर्दा लगाएर सिधै घाम आउनबाट रोक्नुहोस्।
    • शरीरलाई चिसो राख्नुहोस्: चिसो पानीले नुहाउनुहोस् वा भिजेको कपडाले शरीर पुछ्नुहोस्। हल्का र खुकुलो, सुतीका कपडा लगाउनुहोस्।
    • शारीरिक श्रम कम गर्नुहोस्: गर्मीमा धेरै शारीरिक परिश्रम वा व्यायाम नगर्नुहोस्। यदि गर्नै परे बिहान वा बेलुकाको चिसो समयमा गर्नुहोस् र पटक-पटक विश्राम लिनुहोस्।
    • बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्नुहोस्: बालबालिका, वृद्धवृद्धा र दीर्घकालीन रोग भएका व्यक्तिहरूलाई गर्मीले छिट्टै असर गर्न सक्छ। उनीहरूको स्वास्थ्य अवस्थाप्रति विशेष ध्यान दिनुहोस् र उनीहरूलाई प्रशस्त झोल पदार्थ सेवन गराउनुहोस्।
    • तातो र बासी खानेकुरा नखानुहोस्: हल्का र ताजा खानेकुरा खानुहोस्। फलफूल र सलादजस्ता पानीको मात्रा बढी भएका खानेकुरालाई प्राथमिकता दिनुहोस्।
    • कसैलाई पनि बन्द गाडीमा नछोड्नुहोस्: गर्मीमा बन्द गाडीभित्रको तापक्रम निकै छिटो बढ्ने हुँदा बालबालिका वा घरपालुवा जनावरलाई कहिल्यै पनि एक्लै नछोड्नुहोस्।

    यदि कसैलाई अत्यधिक थकान, टाउको दुख्ने, वाकवाकी लाग्ने, वा चक्कर आउने जस्ता लक्षणहरू देखिएमा तुरुन्तै चिसो ठाउँमा लगेर आराम गराउनुहोस् र स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप