0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हिमालयन कप २०२५ मा टिम हिमालय एससी र फिलिपिनो फिनोए लेन्टिस विजयी

    फिनल्यान्डमा रहेका विभिन्न समुदायबीच आपसी समझदारी र मित्रता बढाउने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गर्ने गरेको आयोजकले बताए।

    .संक्षेपमा.


    • हिमालयन स्पोर्ट्स क्लबद्वारा आयोजित हिमालयन कप २०२५ भलिबल प्रतियोगितामा पुरुषतर्फ टिम हिमालय एससी र महिला तर्फ फिनोए लेन्टिस विजयी।
    • लेप्पाभारा स्पोर्ट्स हलमा सम्पन्न प्रतियोगितामा विभिन्न सांस्कृतिक पृष्ठभूमिका खेलाडीहरूको सहभागिता।
    • प्रतियोगितामा खेलकुदका साथै नेपाली सांस्कृतिक प्रस्तुति र खानाका परिकारहरू पनि समावेश।

    हिमालयन स्पोर्ट्स क्लब, फिनल्याण्डको आयोजनामा शनिबार सम्पन्न भएको हिमालयन कप २०२५ बहुसांस्कृतिक भलिबल प्रतियोगिता (Himalayan Cup-Multicultural Volleyball Tournament 2025) को उपाधि पुरुषतर्फ आयोजक टिम हिमालय एससी र महिलातर्फ फिनोए लेन्टिस विजयी भएका छन्। फिनोए लेन्टिस फिनल्यान्डमा सक्रिय फिलिपिनो भलिबल टिम हो।

    एस्पोस्थित लेप्पाभारा स्पोर्ट्स हलमा दिनभर चलेको प्रतियोगितामा नेपाल, अफगानिस्तान, फिलिपिन्स लगायत विभिन्न सांस्कृतिक पृष्ठभूमिका खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

    हिमालयन स्पोर्ट्स क्लबका अनुसार यो प्रतियोगिता खेलकुद मार्फत विभिन्न संस्कृतिहरू बीच सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। ११ घण्टासम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गरेका थिए।

    निकै प्रतिस्पर्धात्मक खेलमा पुरुषतर्फ टिम हिमालय एससी र महिला तर्फ फिनोए लेन्टिसले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका हुन्। प्रतियोगितामा बेस्ट स्ट्राइकरको उपाधी टिम हिमालय एससीका कृष पान्डेले पाएका थिए।

    प्रतियोगिताका विजेता र उपविजेता टिमहरूले ट्रफी प्राप्त गरे भने विजेता टिमका सबै खेलाडीहरूलाई मेडल पनि दिइएको थियो। विजेता टिमका खेलाडीहरूलाई ४०० युरो बराबरको गिफ्ट कार्ड र उपविजेता टिमका खेलाडीहरूलाई २०० युरो बराबरको गिफ्ट कार्ड प्रदान गरिएको थियो।

    भलिबल प्रतियोगिताका अतिरिक्त कार्यक्रममा सहभागीहरूले नेपाली नृत्य प्रस्तुति र राभिन्तोला परिकारले उपलब्ध गराएको स्वादिष्ट नेपाली खाना (विशेष गरी म:म:) को पनि स्वाद लिएका थिए।

    आयोजकका अनुसार यो प्रतियोगिता खेलकुद मार्फत विभिन्न संस्कृतिहरू बीच सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

    कार्यक्रममा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले आ-आफ्नो टिमलाई हौसला प्रदान गरेका थिए। प्रतियोगितालाई सफल बनाउन मार्केट सोलु, इन्डियन मार्केट हकानीएमी, मो:मो: हाउस काल्लियो, राभिन्तोला पिक्कु पिह्भी, राभिन्तोला परिकार र इगल कुल्येतुस लगायतका प्रायोजकहरूले सहयोग गरेका थिए। सहभागीहरूका लागि र्‍याफल चिट्ठा मार्फत आकर्षक उपहारहरू जित्ने अवसर पनि प्रदान गरिएको थियो।

    यस्ता कार्यक्रमहरूले फिनल्यान्डमा रहेका विभिन्न समुदायबीच आपसी समझदारी र मित्रता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप