0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा मानव बेचबिखन र यौनधन्दा कान्डः ६ जना संदिग्ध प्रहरी हिरासतमा

    स्पेन र फिनल्यान्डमा रहेका संदिग्धहरूले हेलसिन्कीमा विभिन्न व्यक्तिहरूलाई यौनधन्दामा लगाएको प्रहरीको अनुसन्धानले देखाएको छ।

    संक्षेपमा


    • ६ जनामाथि मानव बेचबिखन र यौनधन्दाको आरोप।
    • झुटो आश्वासन दिएर पीडितलाई हेलसिन्की बोलाइयो।
    • संदिग्धले गरेका थिए पीडितको कमाइ र स्वतन्त्रतामाथि नियन्त्रण।

    हेलसिन्की प्रहरीले मानव बेचबिखन र यौन धन्दासँग सम्बन्धित एक गम्भीर अपराधको अनुसन्धान पूरा गरेको जनाएको छ। प्रहरीका अनुसार यस प्रकरणमा ६ जनालाई संदिग्धको रूपमा हेरिएको छ र मुद्दा अब सरकारी अभियोजनमा पुगेको छ।

    प्रहरीलाई सेप्टेम्बर २०२५ मा यो अपराधबारे जानकारी प्राप्त भएको थियो। घटनाहरू २०२५ को अटममा केही महिनासम्म चलेको र पक्राउपछि रोकिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

    प्रहरीका अनुसार स्पेनमा बस्ने फिनिस मूलका र फिनल्यान्डमै बस्ने संदिग्धहरूले हेलसिन्की क्षेत्रमा विभिन्न व्यक्तिहरूलाई यौन धन्दामा लगाएका थिए। उनीहरूले फिनिस नागरिकहरूलाई नै निशाना बनाएका थिए।

    पीडितहरू व्यक्तिगत कारणले कमजोर सामाजिक स्थितिमा रहेको र त्यही कमजोरीको फाइदा उठाउँदै उनीहरूलाई शोषणको जोखिममा पारिएको प्रहरीले जनाएको छ।

    अनुसन्धान प्रमुख आन्ने हिएतालाका अनुसार पीडितहरूलाई राम्रो कमाइ र सुविधाको झुटो प्रलोभन देखाइएको थियो। उनीहरूलाई राजधानी क्षेत्रमा यौन सेवा दिन बोलाइएको थियो।

    “उनीहरूका लागि यौन सेवा दिने प्लेटफर्महरूमा विज्ञापन राखिएको थियो,” हिएतालाले विज्ञप्तिमा भनेकी छिन्। संदिग्धहरूले पीडितको काम गर्ने समय, ग्राहकको चाप र सेवाबापत आएको पैसा सबै आफूहरूले नै व्यवस्थापन गर्थे।

    आरोपीहरूले पीडितहरूको स्वतन्त्रता र हिँडडुलमा समेत रोक लगाएका थिए। यौन सेवाबाट आएको अधिकांश रकम संदिग्धहरूकै हातमा जाने गरेको थियो।

    यो घटनामा ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको थियो। मुख्य आरोपीहरू अझै पनि हिरासतमै रहेको प्रहरीले जनाएको छ।

    फिनल्यान्डमा मानव बेचबिखनका घटनाहरू प्रायः विदेशी कामदार वा आप्रवासीहरूसँग जोडिएर आउने गर्छन्, तर आफ्नै नागरिकहरू (फिनिस) नै पीडित भएको यो जस्तो घटना विरलै सुनिन्छ।

    फिनल्यान्डको कानुन अनुसार मानव बेचबिखन र यौन शोषण निकै गम्भीर अपराध मानिन्छ, जसमा दोषी ठहर भए लामो जेल सजाय हुन सक्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप