0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा १६ वर्षीय किशोरमाथि कैयौँ पटक गोली प्रहार, सन्दिग्ध फरार

    .संक्षेपमा.


    • हेलसिन्कीको तोलोमा एक १६ वर्षीय किशोरमाथि गोली प्रहार।
    • पीडितलाई शरीरका विभिन्न भागमा धेरै गोली लागे पनि उनी खतरामुक्त।
    • प्रहरीद्धारा गोली चलाउने व्यक्तिको खोजी तीव्र पारिएको जानाकारी।

    हेलसिन्कीमा सोमबार साँझ भएको गोलीकाण्डमा एक १६ वर्षीय किशोर घाइते भएका छन्। हेलसिन्की प्रहरीका अनुसार तोलो स्थित मिसेलिन-कातुको एक आवासीय भवनको भर्याङमा उक्त घटना भएको हो।

    प्रहरी अनुसन्धानका प्रमुख डिटेक्टिभ सुपरिटेन्डेन्ट तुओमस लिन्डहोमले पीडितलाई शरीरका विभिन्न भागमा धेरै गोली लागेको तर उनको अवस्था खतरामुक्त रहेको फिनिस भाषाको पत्रिका हेलसिन्गिन सानोमातलाई बताएका छन्।

    घटनास्थल आवासीय भवनको भित्री सिँढी भएको बताइएको छ। गोलीका केही छर्राहरू भित्ता र एउटा अपार्टमेन्टको ढोकामा समेत लागेका थिए। एउटा गोली ढोका छेडेर भित्र अपार्टमेन्टसम्म पुगेको थियो, जहाँ पीडित किशोर थिए।

    प्रहरीले घटनास्थलबाट हतियार फेला पारेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानले ‘ह्यान्डगन’ प्रयोग भएको हुनसक्ने देखाएको छ। घटनापछि प्रहरीले घटनास्थलमा रहेका धेरै युवाहरूसँग सोधपुछ गरेको थियो।

    गोली चलाउने व्यक्ति अझै फरार छन् र प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।

    लिन्डहोमका अनुसार ती युवाहरूलाई घटनामा संलग्नता नदेखिएपछि छोडिएको र हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। गोली चलाउने व्यक्ति अझै फरार छन् र प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।

    प्रहरीले घटनालाई हत्या प्रयास र बन्दुकसम्बन्धी अपराधको रूपमा अनुसन्धान अघि बढाएको छ।

    घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अहिले केही खुलाएको छैन, तर प्राविधिक तथा रणनीतिक अनुसन्धान र प्रत्यक्षदर्शीहरूसँगको सोधपुछ जारी रहेको जनाएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप