0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको पसलमा दिनदहाडै छुरा प्रहार: हत्या प्रयासको आरोपमा एक पक्राउ

    सोमबार दिउँसो हेलसिन्कीको तोलोस्थित एक पसलमा भएको छुरा प्रहारपछि प्रहरीले ४० वर्षीय शंकास्पद पुरुषलाई नियन्त्रणमा लिएको छ।

    संक्षेपमा


    • पसलभित्र छुरा प्रहार हुँदा एक जना घाइते।
    • करिब ४० वर्षीय शंकास्पद पुरुष पक्राउ।
    • हत्या प्रयासको रूपमा घटनाको अनुसन्धान हुँदै।

    फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित ताका-तोलो क्षेत्रमा सोमबार दिउँसो एक हिंसात्मक घटना घटेको छ। Mannerheimintie 49 मा रहेको एक व्यापारिक भवनभित्र छुरा प्रहार हुँदा एक व्यक्ति घाइते भएका छन्।

    प्रहरीका अनुसार त्यहाँ एक व्यक्तिमाथि छुरा प्रहार भएको थियो। घाइतेलाई तत्कालै अस्पताल लगिएको थियो।

    प्रहरीले घटनाको जानकारी पाउनासाथ तुरुन्तै खोजी कार्य अघि बढाएको थियो। आक्रमण भएको स्थानबाट केही किलोमिटर परबाट एक शंकास्पद व्यक्तिलाई पक्रेको प्रहरीले जनाएको छ।

    पक्राउ पर्ने व्यक्ति करिब ४० वर्षका पुरुष हुन्। प्रहरीले यो घटनालाई प्रारम्भिक रूपमा हत्या प्रयासको आशंका गर्दै आफ्नो अनुसन्धान जारी राखेको जनाएको छ।

    फिनिस भाषाका स्थानीय पत्रिकाहरूले घटनास्थल भन्दै प्रकाशन गरेको फोटोमा मोबाइल, ल्यापटप आदि मर्मत गर्ने पसल रहेको देखिन्छ।

    Mannerheimintie हेलसिन्कीको सबैभन्दा लामो र व्यस्त मुख्य सडक हो। त्यहाँ धेरै पसल, कार्यालय, व्यापारिक केन्द्रहरू, र नेपाली रेस्टुरेन्टहरू समेत रहेका छन्।

    सामान्यतया सुरक्षित र शान्त मानिने फिनल्यान्डमा दिनदहाडै व्यापारिक स्थलभित्र यस्ता हिंसात्मक घटना विरलै हुने गर्छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप