0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    उत्तरी फिनल्यान्डमा श्रम शक्तिको अभाव, फिलिपिन्सबाट आउन थाले कामदार

    उत्तरी फिनल्यान्डका ‍नगरपालिकाहरूमा श्रमिकको अभाव बढ्दै गएको छ। युवाहरू रोजगारी र अध्ययनका लागि अन्यत्र जाने क्रम बढेकोले यो समस्या गहिरिँदै गएको हो।

    संक्षेपमा.


    • स्थानीय श्रम शक्तिको कमी पूरा गर्न फिलिपिनो कामदारहरू भर्ती।
    • फिलिपिनो कामदारहरूको कडा परिश्रम र सकारात्मक दृष्टिकोणको प्रशंसा।
    • फिनल्याण्ड आउनका लागि थिए सयौँ आवेदकहरू।

    लापल्यान्ड, फिनल्यान्ड – बुढो हुँदै गएको जनसङ्ख्या र श्रम शक्तिको कमीको सामना गरिरहेको फिनल्यान्डको उत्तरी क्षेत्र लापल्यान्डले आफ्नो खुद्रा क्षेत्रलाई चलायमान राख्न फिलिपिनो कामदारहरूलाई आकर्षित गर्न थालेको छ। यो कदम स्थानीय अर्थव्यवस्था र समुदायमा नयाँ आशा जगाउने प्रयासको रूपमा थालिएको हो।

    अरिना नामक स्थानीय खुद्रा व्यवसायी सहकारी फर्म र रोजगार एजेन्सी बारोनाबीचको सम्झौता पछि पहिलो चरणमा  १४ जना फिलिपिनो कामदारहरू लापल्यान्डमा आइपुगेका छन्। यी कामदारहरूले पेल्लोस्थित एस-मार्केट र अन्य स्थानीय किराना पसलहरूमा काम गर्दै छन्, जहाँ उनीहरूको कडा परिश्रम र सकारात्मक दृष्टिकोणको प्रशंसा गरिएको छ।

    “फिनल्यान्ड मेरो सपनाको देश हो। र म यहाँ आफ्नो करियर जारी राख्न चाहन्छु।”  पेल्लो एस-मार्केटमा काम गर्ने फिलिपिनो कामदार जोभ फर्नान्डेजले फिनिश समाचार संस्था YLE संगको अन्तर्वार्तामा भनिन्। उनले फिनल्यान्डको प्रकृति र खुसी जीवनशैलीको पनि प्रशंसा गरिन्।

    पेल्लो एस-मार्केटकी पसल व्यवस्थापक याना यार्भेनपाले फिलिपिनो कर्मचारीहरूको काम गर्ने तरिका र  सिक्ने इच्छाप्रति सन्तुष्टि व्यक्त गरिन्। “उनीहरू सधैँ कसरी काम गर्ने भनेर सोध्छन् र त्यसपछि गर्छन् पनि,” उनले भनिन्। “उनीहरू कडा परिश्रमी, खुसी र मुस्कुराइरहने खालका छन्। ग्राहकहरूले उनीहरूलाई मन पराउँछन् र मेरो दृष्टिकोणबाट पनि उनीहरू उत्कृष्ट कर्मचारी हुन्।”

    अरिनाका मानव संसाधन प्रबन्धक मिन्ना सालोनेनका अनुसार उनीहरू संगको सहकार्य राम्रोसँग सुरु भएको छ। नयाँ कामदारहरूले सिक्नु पर्ने कुरा धेरै छन् तर सहकर्मी र ग्राहकहरूबाट प्राप्त प्रतिक्रिया सकारात्मक रहेको छ।

    सालोनेनका अनुसार एउटा सानो चुनौती भनेको फिलिपिनो कामदारहरूलाई फिनिश श्रम कानून बुझाउनु थियो। 

    “एउटा सानो नकारात्मक समस्या के हो भने फिलिपिनो कामदारहरू आफूले चाहे जति काम गर्न सक्दैनन्,” उनले भनिन्। “उनीहरूका लागि साप्ताहिक अधिकतम काम गर्ने सीमा तोकिएको छ। जुन अनौठो छ।”

    लापल्यान्डका नगरपालिकाहरूमा बुढो हुँदै गएको जनसङ्ख्याको वृद्धिसँगै खुद्रा क्षेत्रमा श्रमिकको अभाव बढ्दै गएको छ। युवाहरू रोजगारी र अध्ययनका लागि अन्यत्र जाने क्रम बढेकोले यो समस्या झनै गहिरिँदै गएको छ।

    “स्वचालन र डिजिटलीकरणले भविष्यमा केही श्रमको आवश्यकता कम गर्न सक्छ, तर हामीलाई अवश्य नै सधैं मानिसहरूको आवश्यकता पर्नेछ,” सालोनेनले भनिन्।

    “फिनल्याण्ड मेरो सपनाको देश हो र म यहाँ आफ्नो करियर जारी राख्न चाहन्छु।”

    जोभ फर्नान्डेज, फिलिपिनो कामदार

    पेल्लो र कोलारी एस-मार्केटका प्रबन्धक याना यार्भेनपाले कर्मचारी भर्ना गर्दा आइपरेका कठिनाइहरूको अनुभव गरेकी छिन्। “म पेल्लोमा तीन वर्षदेखि छु र यस अवधिमा मैले एउटा पनि खुला आवेदन पाएकी छैन,” यार्भेनपाले भनिन्। “हामीले विज्ञापन गर्दा पनि आवेदन आएनन्।”

    फिलिपिनो कामदार नै किन?

    लाप्लाण्डमा फिलिपिनो कामदारहरूलाई बारोना नामक रोजगार एजेन्सीले ल्याएको हो। उनीहरूले बारोनाको स्थानीय साझेदारद्वारा सञ्चालित आवेदन प्रक्रिया पूरा गरेका छन्। बारोनाको काम कामदारहरूको एकीकरण सकेसम्म सहज बनाउनु हो।

    “यो परियोजना एक वर्ष अघि सुरु भएको थियो,” बारोनाका अन्तर्राष्ट्रिय श्रम प्रमुख एलिना कोस्केलाले भनिन्। “जसले जागिर पाए, उनीहरूले अन्य कुराहरूका साथै पाँच महिनाको भाषा कोर्स र हाइजिन प्रमाणपत्र प्राप्त गरे। भाषा कक्षाहरूमा उनीहरूले यस क्षेत्रमा प्रयोग हुने धेरै शब्दावलीहरू सिके।” 

    ९०% फिनल्यान्डमै बस्छन्।

    बारोनाका अनुसार फिलिपिन्सबाट उनीहरूले ल्याएका ९० प्रतिशतभन्दा बढी कामदारहरू फिनल्याण्डमा नै बस्छन्। हरेक वर्ष दसौँ हजार मानिसहरू फिलिपिन्सबाट विदेशमा काम गर्न जान्छन्, र फिनल्याण्ड आउनका लागि पनि सयौँ आवेदकहरू थिए। फिलिपिनो कामदारहरूलाई उनीहरूको फिनल्याण्ड बसाइको पहिलो वर्ष बारोनाले रोजगारी दिन्छ। उनीहरूले कम्पनीबाट एकीकरण सहायता पाउँछन्, जसमा ज्याला र करसम्बन्धी विषयहरू पनि समावेश छन्। 

    समाचार स्रोतः वाइएलइ

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप