0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा चक्कु प्रहारबाट गम्भीर घाइते बनेका ४२ वर्षीय पुरुषको अस्पतालमा निधन

    प्रहरीका अनुसार पीडित र आक्रमणकारीहरूले एक अर्कालाई पहिलेदेखि नै चिन्थे।

    फिनल्यान्डको राजधानी हेलसिन्कीको मिकोनकातुमा बिहीबार राति भएको छुरा प्रहारमा गम्भीर घाइते बनेका ४२ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।

    छुरा प्रहारको घटना राति १०:२६ बजे हेलसिन्कीको टोकियो काराओके बार अगाडि भएको थियो।

    प्रहरीका अनुसार सन् १९८३ मा जन्मेका ती पुरुषलाई शरीरको माथिल्लो भागमा पटक–पटक छुरा प्रहार गरिएको थियो।

    प्रहरीले घटनास्थलबाटै दुई जना युवालाई हत्याको आशंकामा पक्राउ गरेको थियो। पक्राउ परेका दुवै जना सन् २००० पछि जन्मेका हुन्।

    अनुसन्धान अधिकृत तुओमास लिन्डहोमका अनुसार पीडित र आक्रमणकारीहरू एक अर्कालाई पहिलेदेखि नै चिन्थे। उनीहरू एउटै समूहमा बसेर साँझको समय बिताइरहेका थिए।

    छुरा प्रहार हुनुअघि उनीहरू नजिकैको अर्को बारमा सँगै थिए। त्यहाँ उनीहरूबीच केही विवाद भएको र त्यसपछि बारबाट बाहिर निस्केको प्रहरीले जनाएको छ।

    छुरा प्रहारको घटनापछि एतेनेउम कला संग्रहालय पछाडि रहेको उक्त बारलाई खाली गराइएको थियो।

    अनुसन्धान अधिकृत लिन्डहोमले यो घटनाबाट सर्वसाधारणका लागि कुनै थप खतरा नरहेको विज्ञप्तिमा उल्लेख गरेका छन्। प्रहरीले घटनाको थप कारण र परिस्थितिबारे अनुसन्धान जारी राखेको जनाएको छ।

    हेलसिन्कीको मिकोनकातु क्षेत्र पर्यटक र स्थानीयका लागि निकै व्यस्त व्यापारिक केन्द्र मानिन्छ। त्यहाँ धेरै रेस्टुरेन्ट, पसल र बारहरू रहेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप