0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    नेपालमा बढ्यो चुनावी सरगर्मी: यसरी हुँदैछ आज देशभर उम्मेदवारी दर्ता

    फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ क्षेत्रमा आज उम्मेदवारले मनोनयन दर्ता गर्दैछन् ।

    संक्षेपमा


    • १६५ निर्वाचन क्षेत्रमा बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने।
    • भदौको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गर्दैछ निर्वाचनको व्यवस्थापन।
    • लाखौँ प्रवासी नेपाली यस पटक पनि मतदानबाट वञ्चित।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज नेपालमा देशभर प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको छ।

    मनोनयनका लागि उम्मेदवारले नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपिसँगै मतदाता नामावलीमा नाम भएको निस्सा अनिवार्य बुझाउनुपर्नेछ। आयोगले भीडभाड कम गर्न राजनीतिक दलहरूका लागि फरक-फरक समय निर्धारण गरेको छ।

    आयोगले मनोनयनका क्रममा तडकभडक नगर्न र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै उम्मेदवारलाई आग्रह गरेको छ। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्राय: सबै क्षेत्रमा उम्मेदवार तय गरिसकेका छन्।

    नेपाली कांग्रेसले भने केही क्षेत्रमा अझै उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको जनाएको छ। उम्मेदवार छनोट बाँकी भएका दलले आज बिहानसम्म सबै प्रक्रिया टुङ्ग्याउने तयारी गरेका छन्।

    कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सर्लाही-४ बाट निर्वाचन लड्ने भएका छन् भने निवर्तमान सभापति शेरबहादुर देउवा भने यो निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।

    उता काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिएका रास्वपा नेता बालेन्द्र शाह ‘बालेन’ ले समर्थक र बाजागाजासहित झापा-५ मा मनोनयन दर्ता गराएका छन्।

    शिक्षा मन्त्री महावीर पुनले पनि मन्त्री पदबाट राजीनामा दिएर गृह जिल्ला म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

    समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० उम्मेदवारको अन्तिम सूची आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ। प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएसँगै कुल २७५ सदस्यीय प्रतिनिधिसभा पूर्ण हुनेछ।

    गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि वि.सं. २०७९ को प्रतिनिधिसभा विघटन भएको थियो। त्यसपछि गठन भएको अन्तरिम सरकारले अहिले निर्वाचनको लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ।

    निर्वाचनको सुरक्षाका लागि विशेष ‘निर्वाचन प्रहरी’ छनोटको प्रक्रिया समेत अगाडि बढिसकेको छ। आयोगले निर्वाचनको सबै तयारी पूरा भएको र आज उत्साहपूर्वक मनोनयन हुने विश्वास व्यक्त गरेको छ।

    यद्यपि, फिनल्यान्ड लगायत विदेशमा बस्ने लाखौँ नेपालीले यस पटक पनि मतदान गर्न नपाउने भएका छन्। विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने आश्वासन दिइए पनि यो निर्वाचनमा त्यसको कार्यान्वयन हुन सकेन।

    सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन आदेश दिए पनि प्राविधिक र कानुनी तयारी नपुगेको भन्दै यस पटक पनि प्रवासी नेपालीहरू मताधिकारबाट वञ्चित भएका हुन्।

    नेपालको राजनीतिमा युवाहरूको ठुलो सहभागिता देखिएको जेनजी आन्दोलनपछि यो पहिलो आम निर्वाचन हो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप