0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा नयाँ किसिमको साइबर ठगी, प्रहरी भन्छः सतर्क रहनुस्

    फिनल्यान्डमा साइबर अपराधीहरूले पीडितको डिजिटल पहिचान चोरी १०,००० युरो भन्दा बढीको ऋण लिएको पाइएको छ।

    .संक्षेपमा.


    • मोबाइल प्रमाणीकरण अपडेटको बहानामा व्यक्तिगत जानकारी चोर्ने क्रम बढ्यो।
    • पीडितको नाममा ठूलो रकमको ऋण र अन्य आर्थिक अपराध।
    • प्रहरीद्वारा फोन मेसेजहरूप्रति सचेत रहन आग्रह।

    हेलसिन्की प्रहरीले फिनल्यान्डमा एक नयाँ किसिमको साइबर ठगी फैलिएको भन्दै सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ। प्रहरीका अनुसार पछिल्लो समय साइबर अपराधीहरूले मोबाइल प्रमाणीकरण (mobile authentication) प्रणालीको दुरुपयोग गरी ठगी गर्ने गरेको पाइएको हो।

    प्रहरीका अनुसार यस्ता घटनाहरूमा अपराधीहरूले पीडितको पहिचान चोरी गरी १०,००० युरो भन्दा बढी ऋण लिएको र अन्य आर्थिक अपराध गरेको पाइएको छ।

    प्रहरीका अनुसार यो ठगीमा अपराधीहरूले पीडितलाई मोबाइल प्रमाणीकरण अपडेट गर्नुपर्ने वा यससम्बन्धी कुनै काम गर्नुपर्ने भन्दै एसएमएस पठाउने गर्छन्। यस्ता मेसेजहरूमा प्राय: लिङ्कहरू समावेश गरिएका हुन्छन् र तत्काल लिङ्क क्लिक गर्नुस् भनेर सुझाव दिइएको हुन्छ।

    प्रहरीले आफ्नो बैङ्क खाता वा मोबाइल प्रमाणीकरणसँग सम्बन्धित कुनै पनि जानकारी अन्य व्यक्तिलाई नदिन समेत सचेत गराएको छ। यदि कुनै व्यक्ति यस्तो ठगीको सिकार भएको शङ्का लागेमा तत्काल आफ्नो बैङ्क, मोबाइल सेवा प्रदायक र प्रहरीमा सम्पर्क गर्न सुझाव दिइएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप