0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    कायानीमा दर्जनौँ नेपालीको शोषण प्रकरणः फिनिस मिडियामा पनि बन्न थाल्यो प्रमुख समाचार

    दर्जनौँ नेपालीहरूलाई फिनल्यान्डका वनमा काम गर्ने भनेर ल्याई ठगेको घटनाका बारे नेपालीलाइनेनले समाचार 'ब्रेक' गरेको दुई सातापछि फिनिस प्रेसमा पनि प्रमुखताका साथ समाचार आउन थालेका छन्। हेलसिन्की सानोमातले त उक्त प्रकरण "फिनल्यान्डको इतिहासकै ठुलो मानव बेचबिखन अनुसन्धान" बन्न सक्ने भनेर लेखेको छ। 

    .संक्षेपमा.


    • करिब २०० विदेशी ठगी र श्रम शोषणको सिकार, ५० भन्दा बढी नेपाली मात्र।
    • फिनल्यान्डको इतिहासकै ठुलो मानव बेचबिखनको अनुसन्धान बन्न सक्ने अधिकारीहरूको भनाइ।
    • केही कामदारहरू फिनल्यान्ड केही समय बसेपछि अरू देश गएको खुलासा।

    फिनल्यान्डका वनमा काम गर्न भनी ल्याइएका दर्जनौं नेपालीहरू मानव बेचबिखनको शिकार भएको हुनसक्ने विषयलाई यहाँका प्रमुख सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ लेख्न सुरू गरेका छन्।

    हेलसिन्की सानोमात, YLE, MTV, Ilta-Sanomat लगायतका थुप्रै फिनिस मिडियाले आज उक्त प्रकरणबारे समाचार लेखेका छन्।

    हेलसिन्की सानोमातले सो घटना फिनल्यान्डको इतिहासकै सबैभन्दा ठूलो मानव बेचबिखन सम्बन्धी अनुसन्धान बन्नसक्छ भनेर लेखेको छ।

    घटनामा हालसम्म कम्तिमा १७९ पीडित रहेको र पाँच जनालाई पक्राउ गरिएको पनि सञ्चारमाध्यमहरूले जनाएका छन्। पीडित हुनेमा नेपाली मात्र ५० भन्दा धेरै छन्।

    नेपालीलाइनेनले करिब दुई हप्ताअघि (१ नोभेम्बरमा) यो विषय पहिलो पटक बाहिर ल्याएको थियो। नेपालीलाइनेनले त्यसयता उक्त विषयमा ‘फलोअप स्टोरी’हरू प्रकाशित गरिरहेको छ र उक्त समाचार अंग्रेजी भाषामा समेत प्रकाशित गरेको छ

    केही मानिसहरू फिनल्यान्ड आए लगत्तै वा छोटो बसाइपछि युरोपका अन्य देशहरूमा गएको पनि अनुसन्धानबाट खुलेको छ।

    अहिले फिनिस मिडियाले पनि उक्त विषयलाई प्रमुखताका साथ उठाएका हुन्।

    हेलसिन्की सानोमातले “विदेशी मुलका कम्पनी मालिकले नेपाली भर्तीकर्ताहरूसँग मिलेर नेपालीहरूलाई झूटो जानकारी दिएर फिनल्यान्ड बोलाएको आशंका छ,” भनेर लेखेको छ। कामदार ल्याउने कम्पनीमा एक फिनिस महिला पनि रहेको उसले जनाएको छ।

    फिनिस बोर्डर गार्डले घटनाको अनुसन्धान गरिरहेको YLE ले जनाएको छ। अधिकारीहरूले करिब २०० जनालाई अवैध रूपमा फिनल्यान्ड ल्याइएको हुनसक्ने आशंका गरेको पनि YLE ले लेखेको छ।

    इल्ता-सानोमातले सोत्कामोमा दर्ता भएका दुईवटा वन क्षेत्रका कम्पनीहरू मार्फत मानिसहरूलाई अवैध रूपमा फिनल्यान्ड ल्याइएको आरोप छ भनेर लेखेको छ।

    इल्ता-सानोमातले यो गतिविधि सन् २०२४ र २०२५ मा भएको र यी कम्पनीहरूको भिसा र आवासीय अनुमतिमा जम्मा १७९ जना फिनल्यान्ड प्रवेश गरेको उल्लेख गरेको छ।

    फिनल्यान्डको बोर्डर गार्डले सबैलाई वनको काम उपलब्ध नगराइएको आशंका गरेको छ। नेपालीलाइनेनसँग सम्पर्कमा रहेका पीडितहरूले पनि उक्त कुराको पुष्टी गरेका छन्।

    केही मानिसहरू फिनल्यान्ड आए लगत्तै वा छोटो बसाइपछि युरोपका अन्य देशहरूमा गएको पनि अनुसन्धानबाट खुलेको छ।

    नोटः ‘हेलसिन्गिन सानोमात’ पत्रिकाको नामलाई बढी पाठकमैत्री बनाउन नेपालीमा लेख्दा हामीले ‘हेलसिन्की सानोमात’ भनेर लेख्ने गरेका छौँ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप