0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा ‘जाडो रद्द’? औसतभन्दा धेरै तातो हुनेछ पुरै नोभेम्बर

    मौसमविद्हरूले नोभेम्बरको अन्त्यमा समेत मौसम सामान्य भन्दा निकै तातो हुने सङ्केत देखेको बताएका छन्। ,

    .संक्षेपमा.


    • नोभेम्बर महिना औसतभन्दा निकै न्यानो र ओसिलो हुने अनुमान।
    • हिउँ र चिसोका लागि अझै केही समय कुर्नुपर्ने।
    • नोभेम्बरको तेस्रो हप्तासम्म पनि ‘आश्चर्यजनक’ रूपमा न्यानो रहने सङ्केत।

    फिनल्यान्डमा यस वर्ष जाडोको आगमन पछि धकेलिएको देखिएको छ। मौसमविद्हरूका अनुसार नोभेम्बर महिनाभरि मौसम औसतभन्दा निकै तातो र “लोन्केरो” अर्थात् अँध्यारो, खैरो र ओसिलो रहनेछ।

    मौसमविद् मार्कुस मान्तुकान्नासले एमटिभी समाचारलाई बताएअनुसार अनुसार सेतो हिउँ र जाडोको प्रतीक्षा गरिरहेकाहरूका लागि अवस्था नराम्रो देखिएको छ।

    यो साताको अन्त्यदेखि नै दक्षिणबाट न्यानो र ओसिलो हावा फिनल्यान्ड भित्रिनेछ। सप्ताहन्तमा तापक्रम १० देखि १२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

    रातिको समयमा पनि तापक्रम धेरै नघट्ने र देशका धेरै भागमा १० डिग्रीको आसपास रहनेछ।

    आउँदो हप्ता पनि मौसम औसतभन्दा स्पष्ट रूपमा तातो रहनेछ। विशेषगरी दक्षिणी फिनल्यान्डमा यो साता औसतभन्दा बढी वर्षा हुनेछ।

    रातमा मौसम सफा भएमा चिसो बढ्न सक्ने भएका कारण मौसमविद् मान्तुकान्नासले गाडीमा जाडोको टायर फेर्नेबारे भने सोच्न सल्लाह दिएका छन्।

    रातमा मौसम सफा भएमा चिसो बढ्न सक्ने भएका कारण मौसमविद् मान्तुकान्नासले गाडीमा जाडोको टायर फेर्नेबारे भने सोच्न सल्लाह दिएका छन्।

    तातो हुनेछ नोभेम्बर

    नोभेम्बर ३ बाट सुरु हुने हप्तामा पनि फिनल्यान्ड र लगभग पूरै युरोपमा औसतभन्दा बढी गर्मी देखिनेछ। नोभेम्बर १० बाट सुरु हुने हप्तामा पूर्वानुमानको अनिश्चितता बढे पनि तातो मौसमको सङ्केत छ।

    तर नोभेम्बर १७ बाट सुरु हुने हप्ताको मौसमी नक्सा हेर्दा चम्किलो पहेँलो देखिएको छ। यसको अर्थ उक्त हप्ता पनि औसतभन्दा निकै तातो हुने बलियो सङ्केत हो। यस्तो बलियो सङ्केत हप्तौँ अगाडिको पूर्वानुमानमा विरलै देखिने गर्छ।

    “यो कुनै पनि हिसाबले जाडो जस्तो देखिँदैन,” मौसमविद् मान्तुकान्नासले भनेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप