0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा नेपाली व्यवसायीहरूको जमघट, यस्ता छन् नेपालीले चलाएका कम्पनी

    कार्यक्रममा एकाउन्टीङ्ग फर्मदेखि पोषण पूरक (फुड सप्लिमेन्ट) र सरसफाइ कम्पनी चलाइरहेका व्यवसायीसम्म सामेल थिए।

    .संक्षेपमा.


    • प्रमुख अतिथि फिनिस सांसद एभेलिना हेइनालुओमा, गरिन् फिनल्यान्डको आप्रवासी विरोधी बहसप्रति दुःख व्यक्त।
    • नेपाली समुदायका लागि सामुदायिक भवन वा जग्गा उपलब्ध गराउन एनआरएनएको माग।
    • फिनल्यान्डका नेपाली रेस्टुरेन्टहरू सुनियोजित आक्रमणको सिकार भएको रेस्टुरेन्ट व्यवसायीको गुनासो।

    गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्डले हिजो आइतबार हेलसिन्कीस्थित चौतारी रेस्टुरेन्टमा नेपाली व्यवसायीहरूको भेला तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    “सहकार्य र नवप्रवर्तन २०२५” नाम दिइएको उक्त कार्यक्रममा फिनिस सांसद एभेलिना हेनालुओमाले प्रमुख अतिथिको रूपमा सम्बोधन गरेकी थिइन्।

    एसडीपी (SDP) पार्टीकी नेतृ हेइनालुओमाले फिनल्यान्डको वर्तमान आप्रवासी नीतिबारे गम्भीर चिन्ता व्यक्त गरेकी थिइन्।

    कार्यक्रमको मुख्य उद्देश्य फिनल्यान्डमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराउनु रहेको थियो।

    एनआरएनए अध्यक्ष योगेन्द्र सङ्ग्रौलाले स्वागत मन्तव्य प्रस्तुत गरेपछि नेतृ हेइनालुओमालाई पुष्प गुच्छा दिएर स्वागत गरेका थिए। उनले नेपाली समुदायका तर्फबाट धन्यवाद पत्र पनि हस्तान्तरण गरेका थिए।

    सम्बोधनका क्रममा नेतृ हेइनालुओमाले आफू खुला र सहिष्णु वातावरणमा हुर्केको बताइन्। उनले हाल फिनल्यान्डमा चलिरहेको आप्रवासी विरोधी बहस र “हेट स्पीच” देख्दा आफूलाई लज्जा बोध भएको बताएकी थिइन्।

    उनले फिनल्यान्डको वर्तमान आर्थिक मन्दी र बेरोजगारी सङ्कटका लागि मुख्यतः वर्तमान ओर्पो-पूर्रा सरकार जिम्मेवार रहेको आरोप पनि लगाइन्।

    आप्रवासीहरू राजनीतिमा सक्रिय हुनुपर्ने र मतदान गर्नुपर्नेमा उनले विशेष जोड दिएकी थिइन्। उसिमा क्षेत्रमा काउन्सिल सिट जित्न कठिन भए पनि दुई जना नेपाली मूलका प्रतिनिधि निर्वाचित हुनु उल्लेखनीय सफलता भएको उनले बताइन्।

    एनआरएनए अध्यक्ष सङ्ग्रौलाले नेपाली समुदायका लागि चाडपर्व मनाउन र कार्यक्रम गर्न फिनल्यान्डमा एउटा सामुदायिक भवन वा जग्गा आवश्यक रहेको र त्यसका लागि सहजीकरण गरिदिन नेतृ हेइनालुओमालाई अनुरोध गरेका थिए।

    जवाफमा नेतृ हेइनालुओमाले हेका (Heka) का केही ठाउँहरू खाली भएकाले त्यो उपलब्ध गराउन सकिने सम्भावना रहेको औँल्याएकी थिइन्। उनले स्थानीय प्रतिनिधिहरूसँग सहकार्य गरेर यस विषयलाई अघि बढाउन सुझाव पनि दिएकी थिइन्।

    कार्यक्रममा हेलसिन्की सहरका नगर परिषद् सदस्य कृष्ण रेग्मीले आप्रवासी उद्यमीले सिटीको टेन्डरमा कसरी भाग लिन सक्छन् भन्नेबारे प्रस्तुति दिएका थिए। साना कम्पनीहरूले पनि यस्तो टेन्डर पाउने सम्भावना रहेको उनले प्रस्ट पारेका थिए।

    नेतृ हेइनालुओमाले आफू खुला र सहिष्णु वातावरणमा हुर्केको र हाल फिनल्यान्डमा चलिरहेको आप्रवासी विरोधी बहस र “हेट स्पीच” देख्दा आफूलाई लज्जाबोध भएको बताएकी थिइन्।।

    यस्ता छन् नेपालीले चलाएका कम्पनी

    कार्यक्रमको दोस्रो भागमा फिनल्यान्डमा आप्रवासी नेपाली उद्यमीद्वारा सञ्चालित विभिन्न कम्पनीहरूले आफ्नो कामको परिचय दिएका थिए। यसमा एकाउन्टीङ्ग फर्मदेखि पोषण पूरक (फुड सप्लिमेन्ट) र सरसफाइ कम्पनीसम्म सामेल थिए।

    साथै आइटी तथा एआई (AI) स्टार्टअप, प्रिन्टिङ तथा फेसन, ज्योतिष सेवा र नेपाली बियर उत्पादकले पनि आ-आफ्नो व्यवसायबारे जानकारी गराएका थिए।

    कार्यक्रममा सहभागी हुन यार्भेन्पादेखि हेलसिन्की आइपुगेका व्यवसायी रमेश रूम्बाले १० वर्ष भन्दा लामो समयदेखि आफूले सफलतापूर्वक सरसफाइ कम्पनी सञ्चालन गरेर धेरैलाई रोजगारी दिएको अनुभव सुनाएका थिए।

    त्यसै गरि नर्डिक कोल्याबको टिमले फुट सप्लिमेन्ट क्षेत्रमा आफूहरूले सुरु गरेको नयाँ खाले व्यवसायका बारे प्रस्तुति दिएका थिए।

    कार्यक्रममा सहभागी केही व्यवसायीले फिनल्यान्डको नेपाली रेस्टुरेन्ट क्षेत्र पटक-पटक सुनियोजित आक्रमणको सिकार भएको गुनासो गरेका थिए।

    जवाफमा हेलसिन्की नगर परिषद् सदस्य रेग्मीले आफू बसेको मुलुकका सम्पूर्ण कानुन र नियमहरूबारे जानकार रहन र तिनलाई पालन गर्न सबै व्यवसायीहरूलाई सचेत गराएका थिए।

    अन्त्यमा सहभागीहरूले पकौडा, अचार र नेपाली चियाको स्वाद लिँदै एक-आपसमा नेटवर्किङ गरेका थिए।

    कार्यक्रमको सञ्चालन एनआरएनए महासचिव पारस शर्माले गरेका थिए। कार्यक्रममा भान्ताका नगर सदस्य शेखर आचार्य, एनआरएनएका पूर्व अध्यक्षहरू ज्योति खरेल र बालकृष्ण श्रेष्ठ, नेपाली व्यवसायी तथा फिनिस नेपाली समाजका सल्लाहकारहरू नवीन भट्टराई, कुलमणि भण्डारी र गोपाल अर्याल लगायतको उपस्थिति थियो।

    कार्यक्रममा उपस्थित हुनेमा अधिकांश राजधानी क्षेत्रकै नेपाली युवा उद्ममीहरू थिए। महिला सहभागिता भने निकै न्यून थियो।

    हेर्नुहोस् तस्बिरमा। सबै फोटोहरू नेपालीलाइनेन

    सांसद हेइनालुओमालाई स्वागत गर्दै एनआरएनए फिनल्यान्डका अध्यक्ष योगेन्द्र संग्रौला्।
    कार्यक्रममा बोल्दै हेलसिन्की नगर परिषद् सदस्य कृष्ण रेग्मी।
    आफ्नो स्टार्ठ-अप कम्पनीका बारे जानकारी दिदै अभेकसानाका संस्थापक सुर्य यादव।
    कार्यक्रममा सहभागीहरू।
    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप