.संक्षेपमा.
- पुराना अपार्टमेन्टको मूल्यमा देशव्यापी २.४% को गिरावट।
- एस्पो र भान्तामा सबैभन्दा बढी (६% भन्दा बढी) को गिरावट।
- बजारमा केही चहलपहल बढेको सङ्केत।
फिनल्यान्डको तथ्याङ्क विभागले दिएको पछिल्लो जानकारी अनुसार गत वर्षको तुलनामा फिनल्यान्डमा पुराना अपार्टमेन्टको मूल्यमा २.४ प्रतिशतले कमी आएको छ।
अक्टोबर महिनामा अपार्टमेन्टको मूल्य अघिल्लो महिनाको तुलनामा स्थिर रहेको थियो। तर गत वर्षको तुलनामा हेर्दा सबै ठूला सहरहरूमा मूल्यमा स्पष्ट गिरावट आएको देखिन्छ।
तथ्याङ्क विभागका अनुसार मूल्यमा सबैभन्दा ठूलो गिरावट एस्पोमा देखिएको छ, जहाँ ६.६ प्रतिशतले मूल्य घटेको छ।
भान्तामा पनि पुराना अपार्टमेन्टको मूल्य पोहोरकोभन्दा ६.४ प्रतिशतले घटेको देखिएको छ।
देशव्यापी रूपमा हेर्दा फ्ल्याट (केरोस तालो) को मूल्यमा करिब तीन प्रतिशतले कमी आएको छ। रियल इस्टेट एजेन्टहरूमार्फत अक्टोबरमा केही बढी पुराना फ्ल्याट र रो-हाउस (रिभी तालो) किनबेच भएको तथ्याङ्कमा उल्लेख छ।

बजारमा केही चहलपहल बढेको सङ्केत गरेको तथ्याङ्क विभागले जनाएको छ।
यसले बजारमा केही चहलपहल बढेको सङ्केत गरेको तथ्याङ्क विभागले जनाएको छ।





