…संक्षेपमा.
- रियल स्टेट बजार ऐतिहासिक रूपमा सुस्त।
- उत्तरी फिनल्यान्डको रोभानियमी शहरमा भने घरजग्गाको मूल्य बढ्दो।
- ब्याजदरहरू स्थिर हुँदै गएपछि बजारमा पुनः सुधार आउने अपेक्षा
फिनल्याण्डको तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत वर्ष फिनल्यान्डका सहरहरूमध्ये रोभानिएमीमा मात्र घरजग्गाको मूल्यमा वृद्धि भएको छ। सन् २०२३ को तुलनामा रोभानिएमीमा घरजग्गाको मूल्य २.२ प्रतिशतले बढेको छ।
Statistics Finland की वरिष्ठ तथ्यांकविद् Anu Rämö का अनुसार “रोभानिएमीमा अन्य सहरहरूको तुलनामा आवासीय घरहरूको आपूर्ति कम छ। त्यहाँ पुराना अपार्टमेन्टहरू बिक्री हुन लाग्ने समय पनि तुलनात्मक रूपमा छोटो छ।”

घर र अपार्टमेन्टहरूको मूल्यमा आएको यो गिरावटले फिनल्याण्डको अर्थतन्त्रमा केही अनिश्चितता रहेको संकेत गर्दछ। मूल्यहरू घट्दै जाँदा यो बजार खरिदकर्ताहरूका लागि अनुकूल हुँदै गएको देखिन्छ।
समग्र फिनल्याण्डमा भने गत वर्ष घरजग्गाको मूल्य औसतमा ३.३ प्रतिशतले घटेको छ। Rämö का अनुसार “समग्रमा पुराना आवासहरूको मूल्य २०२४ मा विशेषगरी वर्षको अन्त्यतिर विस्तारै घट्यो। रियल स्टेट एजेन्टमार्फत भएका कारोबारहरू अघिल्लो वर्षको तुलनामा चार प्रतिशतले बढे, तर २०२१ को तुलनामा एक तिहाईले र २०२० को तुलनामा २० प्रतिशतले घटेका छन्।”
गत वर्षको सुरुदेखि नै रियल स्टेट बजार ऐतिहासिक रूपमा सुस्त रहेको छ। जनवरीदेखि मार्चसम्म पुराना अपार्टमेन्टहरूको १०,००० भन्दा केही बढी र नयाँ निर्माण गरिएका सम्पत्तिहरूको ५०० भन्दा कम कारोबार भएको थियो। रियल स्टेट एजेन्सी महासंघका अनुसार वर्षको क्रममा कारोबारको संख्या हरेक त्रैमासिकमा बढ्दै गएको छ।
दीर्घकालीन दृष्टिकोणमा हेर्दा सन् २०२३ र २०२४ मा सम्पत्ति बजार विशेष रूपमा कमजोर रहेको छ।। ठूला शहरहरूमा मूल्यहरू ४.६% ले घटेका छन् भने देशका अन्य भागहरूमा २.०% ले घटेका छन्।
घर र अपार्टमेन्टहरूको मूल्यमा आएको यो गिरावटले फिनल्याण्डको अर्थतन्त्रमा केही अनिश्चितता रहेको संकेत गर्दछ। मूल्यहरू घट्दै जाँदा यो बजार खरिदकर्ताहरूका लागि अनुकूल हुँदै गएको देखिन्छ। केही क्षेत्रीय केन्द्रहरूमा मूल्य वृद्धि भएकोले यी क्षेत्रहरूमा आर्थिक गतिविधि बढ्दै गएको अनुमान गर्न सकिन्छ।
एक रियल इस्टेट विशेषज्ञका अनुसार यो गिरावट अस्थायी पनि हुन सक्छ किनकी ब्याजदरहरू स्थिर हुँदै गएपछि बजारमा पुनः सुधार आउने अपेक्षा गर्न सकिन्छ।





