0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    युक्रेनमा शान्ति स्थापनाका लागि पेरिसमा ३० देशको बैठक, राष्ट्रपति स्टब पनि सहभागी

    युक्रेनमा जारी युद्ध अन्त्य गर्न र सुरक्षा ग्यारेन्टी तय गर्न पेरिसमा ३० भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू भेला भएका छन्।

    संक्षेपमा


    • पेरिसमा ३० भन्दा बढी देशहरूको विशेष बैठक।
    • युक्रेनको सुरक्षाका लागि वैदेशिक सेना परिचालनबारे छलफल।
    • फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब बैठकमा सहभागी

    युक्रेनमा जारी रूसी आक्रमण अन्त्य गर्ने र भविष्यका लागि सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले आज पेरिसमा एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ।

    फ्रान्स र बेलायतको नेतृत्वमा रहेको ‘इच्छुक गठबन्धन’ मा आबद्ध फिनल्यान्डसहित ३० भन्दा बढी देशहरू बैठकमा सहभागी भएका छन्।

    फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब पनि बैठकमा सहभागी हुन पेरिस पुगेका छन्।

    बैठकले युक्रेनमा युद्धविराम र दीर्घकालीन शान्तिको खाका कोर्ने अपेक्षा गरिएको छ।

    बैठकमा अमेरिकाको नेतृत्वमा तयार पारिएको शान्ति योजनाको मस्यौदामाथि छलफल हुने जनाइएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिनिधिहरू स्टिभ विट्कोफ र जेरेड कुश्नरले वार्तामा अमेरिकाको प्रतिनिधित्व गरिरहेका छन्।

    फिनल्यान्डले युक्रेनको सुरक्षा प्रबन्धमा सहयोग गर्ने भए पनि सानो देश भएकाले पूर्ण ‘सुरक्षा ग्यारेन्टी’ भने दिन नसक्ने प्रधानमन्त्री पेत्तेरी ओर्पोले पहिले नै स्पष्ट पारेका छन्।

    जेलेन्स्कीको मागः विदेशी सेनाको भौतिक उपस्थिति

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीमा विदेशी सेनाको भौतिक उपस्थिति हुनुपर्ने माग गरेका छन्। उनले फ्रान्स र बेलायत जस्ता देशहरूले युक्रेनी भूमिमा सेना खटाउनु आवश्यक रहेको बताएका छन्।

    रुसले भने युक्रेनमा पश्चिमा सेनाको उपस्थितिलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ। उसले अहिलेको शान्ति योजनालाई स्वीकार गर्ने कुनै संकेत देखाएको छैन।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप