0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    सोचेजस्तो भएन समर: वर्षा जारी रहने, तापक्रम १५ डिग्री सेल्सियस भन्दा कम

    न्यून चापीय प्रणालीका कारण देशभर वर्षा जारी रहने। विशेषगरी मध्य भागमा भारी वर्षाको सम्भावना।

    .संक्षेपमा.


    • २४ घण्टामा ५०-६० मिलिमिटरसम्म वर्षा हुने अनुमान।
    • बिहीबार र शुक्रबार छोटो समयका लागि मौसम सुधार हुने।
    • तापक्रम १० देखि १५ डिग्री सेल्सियसको बीचमा रहने।

    फिनल्यान्डको मौसम विभागका अनुसार अहिले फिनल्यान्डको कुनै पनि भागमा गर्मी मौसम अर्थात् समरको कुनै संकेत देखिएको छैन। न्यून चापीय प्रणालीका कारण लगातार वर्षा भइरहेको छ र यो केहि समय जारी रहने छ। विशेषगरी फिनल्यान्डको मध्य भागमा अत्यधिक वर्षाको सम्भावना रहेको छ।

    वाइएलईका मौसमविद् अलेक्सी लोहटान्डेरका अनुसार दिउँसो र साँझतिर वर्षाको मात्रा अझै बढ्ने र २४ घण्टामा ५० देखि ६० मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ। हाल देशभर तापक्रम १० देखि १५ डिग्री सेल्सियसको बीचमा रहेको र आउँदो केही दिनसम्म यसमा खासै परिवर्तन नहुने उनले बताए।

    बुधबारदेखि वर्षाको मात्रा केही कम हुने र न्यून चापीय प्रणाली देशको पूर्वी भागतिर सर्ने अनुमान गरिएको छ। बिहीबार र शुक्रबार केही समयका लागि मौसममा सुधार आउने भए पनि आइतबारदेखि पुनः वर्षा सुरु हुने मौसमविद् लोहटान्डरले जानकारी दिए।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप