0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा वरिष्ठ प्रहरी अधिकारीमाथि यौन र पदीय दुरुपयोगको आरोप,पदबाट बर्खास्त

    हेलसिन्की प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकृतमाथि यौन र पदीय दुरुपयोगको गम्भीर आरोप लागेपछि उनलाई सेवाबाट हटाइएको छ।

    .संक्षेपमा.


    • हेलसिन्कीका एक प्रहरी यौन र पदीय अपराधको शंकामा।
    • उनी मानव बेचबिखन अनुसन्धान समूहका एक महत्वपूर्ण सदस्य थिए।
    • आरोपपछि उनलााई पदबाट बर्खास्त गरियो।

    हेलसिन्की प्रहरी विभागको मानव बेचबिखन अनुसन्धान समूहमा कार्यरत एक प्रहरी अधिकारीलाई यौन र पदीय अपराधको आरोपमा पदबाट बर्खास्त गरिएको छ।

    अपराधका घटनाहरू सन् २०२४ को मार्च र २०२५ को समरबीच हेलसिन्कीमा भएको आशंका गरिएको छ।

    केही घटनाहरू कामको समयमा र केही व्यक्तिगत समयमा भएका थिए।

    आरोपित प्रहरीले पदीय दुरुपयोगका केही आरोपहरू आंशिक रूपमा स्वीकार गरेका छन्, तर यौन अपराधको आरोप भने अस्वीकार गरेका छन्।

    हेलसिन्की प्रहरी विभागले यस वर्षको अगस्टमा राष्ट्रिय अभियोजकको कार्यालयको प्रहरी अपराध एकाइबाट यस विषयमा जानकारी पाएको थियो। जानकारी पाउनासाथ विभागले तुरुन्तै आन्तरिक अनुसन्धान प्रक्रिया सुरु गरेको थियो।

    अनुसन्धानपछि विभागले ती वरिष्ठ प्रहरी अधिकारीलाई आफ्नो पदमा रहन अयोग्य ठहर गर्दै सेप्टेम्बर १८ मा उनलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गर्यो।

    मानव बेचबिखन अनुसन्धान समूहका एक महत्वपूर्ण सदस्य संलग्न भएको यो घटनालाई ‘अत्यन्तै असाधारण’ भनिएको छ।

    अत्यन्तै असाधारण घटना

    मानव बेचबिखन अनुसन्धान समूहका एक महत्वपूर्ण सदस्य संलग्न भएको यो घटनालाई ‘अत्यन्तै असाधारण’ भनिएको छ।

    “यो अत्यन्तै असाधारण घटना हो, आरोपित व्यक्ति मानव बेचबिखन अनुसन्धान समूहकै सदस्य हुन्।” क्षेत्रीय अभियोजक तथा प्रहरी अपराध मामिलाका अनुसन्धान निर्देशक मिक्को तेप्पोलाले भनेका छन्।

    अभियोजक तेप्पोलाले अपराधको प्रकृति वा ती घटनाहरू मानव बेचबिखनको अनुसन्धानसँग सम्बन्धित थिए वा थिएनन् भन्नेबारे थप टिप्पणी गर्न चाहेनन्।

    यस मामिलामा पूर्व-परीक्षण अनुसन्धान जारी छ र थप जानकारी केहि समयपछि सार्वजनिक गरिने बताइएको छ।

    प्रहरी अधिकारीद्वारा गरिएको शंकास्पद अपराध भएकोले अनुसन्धानको नेतृत्व अभियोजकले गरिरहेका छन् र अनुसन्धान राष्ट्रिय प्रहरी अपराध अनुसन्धान एकाइले गरिरहेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप